स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : उपाधि रियल मड्रिडलाई


१८ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले हात पारेको छ। गएराति भएको खेलमा स्पानियोललाई ४-० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो।

रियलले ४ खेल बाँकी रहँदै उपाधि जितेको हो। रियलको यो ३५औं ला लिगा उपाधि हो। जितसँगै रियलले ३४ खेलमा ८१ अङ्क जोडेको छ।

ररेलु मैदानमा जितका लागि रोड्रिगोले दुई गोल गरे। खेलको ३३ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुमा अग्रता दिलाएका थिए।

४३ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गरे। खेलको ५५ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियलको अग्रता तेब्बर बनाए। त्यसैगरी खेलको ८१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई ४-० को जित दिलाए।

जितसँगै रियलले ३४ खेलमा ८१ अंक जोडेको छ। रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि छ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ६ : ३६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र