महको निर्देशनमा बन्यो ‘अनुष्का’ « Khabarhub

महको निर्देशनमा बन्यो ‘अनुष्का’


१८ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मह जोडी अर्थात वरिष्ठ हाँस्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले साइबर अपराधसम्बन्धी फिल्म ‘अनुष्का’ निर्माण गरेका छन् ।

साइबर सुरक्षा र चेतनाबारे जानकारी दिने ‘अनुष्का’ लाई युट्युबमा सार्वजनिक गरिएको छ । फिल्ममा महसँगै हिउँवाला गौतम, प्रदिप वास्तोला, बिगिशा अधिकारी, रोशनी सापकोटा, मुकुन्द मैनाली, आर्यन खरेल, प्रतिशा रिजाल, दिनेश कडेल, संजय गौतम, रोशनी गौतम, बिमल खड्का, विशाल पुरी, प्रभा पौडेल, रेविका परियार, अनिशा बुढाथोकी, संगीता ढुङगाना, प्रतिभा ताम्राकारलगायतको अभिनय रहेको छ ।

हाँस्यरसमार्फत् चेतना जगाउँदै आएको महजोडीले पछिल्लो समय सिरियल बाहेक पनि छोटा फिल्ममार्फत् यसलाई निरन्तरता दिएका छन् ।

अनुष्कामा भुपेन्द्र अधिकारीको सम्पादन, रेनिस फागोको कलर करेक्सन, गोकुल अधिकारीको छायांकन, हरिवंश आचार्यको कथा, पटकथा र संवाद रहेको छ भने यसलाई मदनकृष्ण श्रेष्ठले हरिवंशसँग मिलेर निर्देशन गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  ११ : २१ बजे

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको