विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित | Khabarhub Khabarhub

विश्वभर ७ करोड ३० लाख सक्रिय सङ्क्रमित


१८ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित छन्।

जसमध्ये ९३ हजार ३५२ जनाको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको पाइएको छ। अहिलेसम्म ३७ करोड ७२ लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ करोड ८५ लाख निको भएका छन्। ५६ लाख ८९ हजारको भने मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँदा १९ लाखले कोरोना जितेका छन्। ६ हजारको भने मृत्यु भएको छ।

नेपालको अवस्था के छ ?
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २९२ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै ५ हजार ७२० जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८२० जनामा नयाँ संक्रमण पुष्टि भएको छ।

सोमबार थप ८ जनाले ज्यान गुमाएका छन्। नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ४२ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन