काठमाडौँ महानगरपालिकाद्वारा वातावरणीय अध्ययन कार्यविधि स्वीकृत | Khabarhub Khabarhub

काठमाडौँ महानगरपालिकाद्वारा वातावरणीय अध्ययन कार्यविधि स्वीकृत


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  काठमाडौँ महानगरपालिकाले सङ्क्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ ।

त्यसैगरी ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२औँ कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो ।

शुक्रबार बसेको कार्यपालिका बैठकमा १०औँ नगरसभा यही पुस २८ गते गर्ने निर्णय पनि भएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ ।

यो ऐनसँगै बागमती प्रदेशको कानुन र महानगरपालिकाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो ।

बैठकमा कार्यपालिका सदस्यले सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, खानेपानी र विद्युत् जस्ता भौतिक विकासमा काम गर्ने साझेदारसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, कोभिड भ्याक्सिन खोपको विद्युतीय प्रमाणीकरणको चाप व्यवस्थापन गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली सङ्कलन व्यवस्था गर्नुपर्नेलगायत विषय उठाएका थिए ।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : ०५ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले