झापामा सवारी दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते | Khabarhub Khabarhub

झापामा सवारी दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मेचीनगरमा सिटी सफारीको ठक्करबाट सोही नगरपालिका–७ निवासी ६१ वर्षीय नन्दलाल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेचीनगर–६ को पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको मे १ ह ६२५९ नम्बरको सफारीले हिँडिरहेका अधिकारीलाई सोमबार साँझ ठक्कर दिएको थियो। ठक्करबाट घाइते उनको धुलाबारी अस्पतालमा मृत्यु भएको हो ।

त्यस्तै, मंगलबार बिहान बसको ठक्करबाट मेचीनगरमा एक जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मेचीनगर–६ स्थित कालीखोला छेउ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र १ ०१ ००१ ख ३४२३ नम्बरको बसले सडकमा हिँडिरहेका मेचीनगर–७ का ३९ वर्षीय कृष्ण गुरुङलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते गुरुङलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्यसैगरी, पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोकमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा ३ जना घाइते भएका छन्।

दुर्घटनामा भारत किशनगञ्ज जिल्ला लक्ष्मीपुर ग्राम पञ्चायत–२ घर भई हाल शिवसताक्षी–१० माइधारमा बस्ने सन्तुहाट मियाको १७ वर्षीय छोरा अहिम प्राइम मिया घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–९ निवासी ४६ वर्षीय दिलकुमार खत्री र मोटरसाइकलमा उनको पछाडी बसेकी ३३ वर्षीया सुशीला मानन्धर लड्दा उनीहरू पनि घाइते भएका थिए। मोटरसाइकल र साइकललाई अस्थायी प्रहरी चौकी माइधारले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ८ : ०१ बजे

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं– वेष्ट इन्डिज ‘ए’विरुद्ध टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन– गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको

वेष्ट इन्डिज ‘ए’विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं– नेपाल र वेष्ट इन्डिज ‘ए’ बीच पाँच खेलको टी–२०