विवेकशील साझा पार्टीमा फेरि विवाद, अध्यक्ष र संयोजकले बोलाए बेग्लाबेग्लै केन्द्रीय समिति | Khabarhub Khabarhub

विवेकशील साझा पार्टीमा फेरि विवाद, अध्यक्ष र संयोजकले बोलाए बेग्लाबेग्लै केन्द्रीय समिति


१५ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राजनीतिमा वैकल्पिक शक्ति भनिएको विवेकशील साझा पार्टी आन्तरिक विवादमा रुमलिएको छ ।

पछिल्लो समय विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै केन्द्रीय समिति बैठक बोलाएपछि आन्तरिक विवाद सार्वजनिक भएको हो ।

पार्टी अध्यक्ष मिश्रले बिहीबारलाई पार्टीको केन्द्रीय समिति बैठक बोलाएका थिए । मिश्रले एकलौटी रुपमा केन्द्रीय समिति बोलाएको भन्दै सोही समयमा पार्टी संयोजक पाण्डेले पनि बेग्लै बैठक बोलाएका हुन् ।

पार्टी अध्यक्ष रवीन्द्र मिश्र र पार्टी संयोजक मिलन पाण्डेले एकै दिन केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएका छन्। अध्यक्ष मिश्रले यसअघि एकतर्फी रुपमा बिहीवारका लागि बैठक बोलाएको भन्दै संयोजक पाण्डेले बिहीबारनै बेग्लै बैठक बोलाएका हुन्।

पार्टीले केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने विधानत् व्यवस्था गरे पनि विधान अनुसार नभएपछि आफूले बैठक बोलाएको संयोजक पाण्डेले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  १ : ५५ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी