अस्ट्रेलियाको रणनीतिक गणनामा नेपाललाई पनि प्राथमिकतामा राख्न थालेका छौँ « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

अस्ट्रेलियाको रणनीतिक गणनामा नेपाललाई पनि प्राथमिकतामा राख्न थालेका छौँ



डा. जोन ब्लाक्सल्यान्ड अस्ट्रेलियको राष्ट्रिय विश्व विद्यालयको स्ट्रटेटिज एन्ड डिफेन्स स्टडिज सेन्टरमा इन्टरनेसनल सेक्युरिटी र इन्टलिजेन्स स्टडिजका प्राध्यापक हुन् । उनी पूर्वसैन्य इन्टलिजेनेन्स पनि हुन् ।

प्रोफेसर ब्लाक्सल्यान्ड सैन्य इतिहास, इन्टेलिवेनेन्स, सुरक्षा र एसिया प्यासिफिक मामलाका विज्ञ हुन् । यी विषयमा उनका थुप्रै पुस्तक प्रकाशित छन् । उनी ज्वाइन्ट अपरेसन कमान्डको हेड क्वार्टरमा ज्वाइन्ट अपरेसन इन्टलिजेन्सको निर्देशक थिए ।

थाइल्यान्ड र म्यानमाको अस्ट्रेलियाका डिफेन्स अट्याचीको रूपमा पनि काम गरे । उनले क्यानडाको रोयल मिलिटरी कलेजबाट वार स्टडिजमा विद्यावारिधि गरेका हुन् । खबरहबका स्ट्रटेजिक एफेयर्स एडिटर डा. प्रमोद जायसवालको डा ब्लाक्सल्यान्डसँग इन्डो प्यासिफिकमा अस्ट्रेलियाको भूमिका, अस्ट्रेलिया चीन सम्बन्ध, दक्षिण एसिया सम्बन्ध लगायतका विषयमा गरेको लामो संवाद संक्षेपीकरणसहित प्रस्तुत गरेका छौँ ।

इन्डो प्यासिफिक क्षेत्रको सन्दर्भमा अस्ट्रेलियाको डिफेन्स एजेन्डा के हो ? अन्य परम्परागत गठबन्धनको भन्दा कुन अर्थमा समान वा फरक छ ?

अस्ट्रेलियाको डिफेन्स एजेन्डा प्रमुख प्रश्न हो । यो एकदमै रोमाञ्चक पनि छ किनभने हामी संयुक्त अमेरिकासँग १९५१ देखि सन्धि सहयोगीको रूपमा रहेका छौँ । पछिल्लो ७० वर्षदेखि अस्ट्रेलियाको सुरक्षाको दृष्टिकोणले यो महत्वपूर्ण खम्बा बनेको छ ।

यथार्थमा, यो दोस्रो विश्व युद्धतिर जाँदाको समयको हो तर १९५१ मा यसले औपचारिकता पायो र शीतयुद्धको अन्त्य नभएसम्म ३० वर्ष सम्म देखिएको हो ।

अमेरिकी एक पिलर समयको मतलब धेरै शक्तिको विकास गर्न र संसारको जहीँतहीँ प्रवेश पाउन योग्य शक्ति बन्नका लागि हामी आफैले धेरै काम गर्नु परेन ।

यसकारण हामीले खुसीसाथ १९९० को संयुक्त राष्ट्र संघको शान्ति प्रक्रियामा योगदान गरेका थियौँ । त्यसपछि जब हाम्रो छिमेकको वातावरण तात्यो तब हामीले प्यासिफिकका बाउगेनभिल, इस्ट टिमोर र सालमोन आइसल्यान्डमा सेना पठाएर सहयोग गरेका थियौँ ।

त्यसपछि २० वर्षअघि वासिङ्टन र न्युयोर्कमा सेप्टेम्बर ११ का जुन घटना भयो, त्यसपछि अफगानिस्तान र इराकमा अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनामा अस्ट्रेलिया संलग्न भयो ।

२००७/०८ को आर्थिक संकट यता हामीले आजसम्म भोगेको विश्वमा चीनको गति साँच्चै बढेको देखिएको छ । अमेरिकालाई नजिते पनि शक्ति लिने सम्भावना रहेको छ तर अस्ट्रेलियाको आँखाले हेर्दा हामीले संसारलाई भिन्नै किसिमले देख्न शुरू गरेका छौँ ।

हामी यो गठबन्धन फिक्का होओस् भन्ने हामी चाहँदैनौँ तर विशेष गरी पछिल्ला पाँच वर्षमा हामीले यो परिवर्तनको महसुस गरेका हौँ । यसबीचमा अमेरिकाले ‘मेक अमेरिका ग्रेट एगेन’ र ‘अमेरिका फस्ट’ को कुरासहित घरेलु रूपमा या राजनीतिक रूपमा चुनौती दिनु ट्रम्प प्रशासनको घटना थियो ।

यसै गरी आफ्नै छिमेकका धेरै लगानी रहेको अफगानिस्तान जस्ता क्षेत्रमा अमेरिकाको भूमिका अनिश्चित भएपछि यसले धेरैलाई सोच्न बाध्य बनाएको छ ।

यी सबै कारणले मैले भनेको जस्तो ‘अस्ट्रेलियाज फरेन पोलिसि प्लान बी’ मा जोड दिने प्रयास गरिएको छ ।

२०१७ को विदेश नीति श्वेतपत्रले प्यासिफिक क्षेत्रमा दक्षिणपूर्वी एसिया र त्यसपछि इन्डो प्यासिफिकको अतिरिक्त दक्षिण एसियामा र पूर्वीएसियामा प्रशस्त लगानी गर्ने कुरा अभिव्यक्त गरेको छ । यो सकारात्मक योजना हो ।

हामी अमेरिकाको सहयोगीका रूपमा यथावतै छौँ । सुरक्षा ग्यारेन्टी र स्थायित्वको ग्यारेन्टीकर्ताको रूपमा अमेरिकाले प्रभावकारी ढङ्गले के गरेको छ भनेर उसको संकल्पहरू भएर हेरिरहेका छौँ ।

यसकारण हामी हाम्रो आर्थिक समृद्धि मजबुत बनाउन चाहन्छौँ । हामी यो कुरामा ध्यान दिइरहेका छौँ कि हाम्रो आर्थिक समृद्धि अहिलेको समयमा हाम्रा छिमेकीसँग सम्बन्धित छ ।

जब क्वाडको करा आउँछ, अमेरिका, अस्ट्रेलिया, जापान र भारतका उद्देश्य र लक्ष्यहरू कति समानान्तर छन् ?

यो एउटा चाखलाग्दो प्रस्ताव हो । गफै गफमा शुरू भएको यो कुराले सुरक्षाको दायरालाई प्रमुख ठान्दै चाँडै प्रस्ट गति पाएको थियो । यसका आर्थिक, राजनीतिक र सामाजिक दायरा पनि छन् ।

क्वाडका धेरै विरोधीहरू दक्षिण पूर्वी एसियामा छन् । उदाहरणका लागि दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन आसियानमा आबद्ध हुनेहरू क्वाडले उनीहरूलाई के प्रभाव पार्ने हो भनेर आत्तिएका छन् ।

उनीहरू आसियन केन्द्रीयरूपमा महत्व पाउन छाड्नेछ भन्नेमा चिन्तित छन् र उनीहरू आफ्नो क्षेत्र दक्षिणपूर्वी एसियाको पृष्ठभूमिमा भइरहेको शक्तिको प्रतिस्पर्धामा यसले प्रभाव पार्ने कुराले चिन्तित छन् ।

क्वाडले अझ धेरै चुनौतीको सामना गररिहेको छ । तपाईं आफैँलाई सोध्नुहुन्छ भने क्वाडलाई सँगै जाने बनाएको छ, प्रस्ट भन्दा चीनसँगको चासो र केही हदसम्म रुससँगको । यिनीहरूको दाबी र दोषपूर्ण व्यवहार रहेको छ ।

यिनीहरूले चार देशलाई सहकार्य गर्ने कुरामा मोडिरहेका छन् । जापान, अस्ट्रेलिया र लामो समयदेखिका सहयोगीहरू अमेरिकाको संकल्पमा सशंकित छन् र चीनको उदयले जापान र अस्ट्रेलियामा त्रास बढ्दै गएकाले यसलाई सन्तुलनमा ल्याउन भारतलाई ठूलो शक्तिसहितको सहयात्रीको रूपमा आबद्ध गर्न चाहन्छन् ।

यी दुवै देशले आफ्नो मागमा सहमत हुन र उसले कोरेको बाटोमा हिँड्न चीनबाट आएको दबाब खेपिरहेका छन् ।

अहिले जापान र अस्ट्रेलियाले यी मागहरूको विरोध गरिरहेका छन् । जापान अस्ट्रेलियाभन्दा चीनसँग नजिक भएको प्रस्ट छ । उसलाई तीव्र रूपमा युरेसिया भूमिमा ठूलो शक्तिको सहयात्रीको आवश्यकता छ । भारतजस्तो देशबाट यो हुन सक्छ ।

यसकारण जापानले क्वाड निर्माणका लागि भारतमार्फत प्रशस्त प्रयास गरेको थियो । अस्ट्रेलियाले २००७ मै क्वाडमा आबद्ध हुन निम्ता पाएको थियो । हामी पछि हट्दा यसले चीनलाई खुसी तुल्याएको थियो । पछि त्यो खुसी व्यर्थ भयो ।

पछि, अस्ट्रेलियालाई धेरै लाभ हुने, भारतसँग सम्पर्क हुने र हिन्द महासागरको अन्तक्र्त्मकताका कारण क्वाडमा आबद्ध हुने कुरा हामीलाई तर्कसङ्गत लाग्यो ।

यो कुरा ध्यान दिन आवश्यक छ कि चीन हिन्द महासागरको खेलाडी हो र यदि अस्ट्रेलियाले केही लाभ लिन अभ्यास गरेमा यो भारतसँग रहेर नै आवश्यक छ ।

यसकारण त्यहाँ धेरै चाखलाग्दा गतिशीलताले काम गरिरहेका छन् । तर, मेरो विचारमा जब तिनीहरूको बिचमा क्वाडको सुरक्षाको दायरा बढ्छ अन्य दायरा पनि बढ्न आवश्यक छ ।

मैले मेरा मित्र डा. अशोक शर्मासँग मिलेर क्वाड यान्त्रिक हुनुपर्ने आवश्यकता औँल्याउदै पूर्वीएसियाली फोरममा एक टुक्रा लेखेको थिएँ । यसमा आर्थिक दायरको कुरा समावेश थियो । त्यसमा एसिया प्यासिफिक क्षेत्रमा वातावरणीय कुरामा ध्यान दिइएको थियो ।

यसगरी यसका सीमाहरूसँगै क्वाडमा वृद्धिका लागि केही दायरा पनि छन् । हामी हरेक चार देशका केही कारणले भिन्न प्राथमिकता छन् । तर, अहिलेको समयमा यसलाई राष्ट्रिय स्वार्थले थिचिरहेको छ, जसले एक आपसमा प्रभावकारी ढङ्गले सहकार्य गर्ने कुरामा असर पारिरहेको छ ।

आश्चर्यजनक के छ भने चीनले चार देशलाई छुट्ट्याउन गरेको प्रयासले उनीहरूलाई झनै एकत्रित गरिरहेको छ । हिमालय क्षेत्रमा चीनले नियन्त्रण राख्न गरेको प्रयासका प्रतिक्रिया स्वरूप भारतलाई एउटा मोडमा लगेको हो ।

यसै गरी, इस्ट चाइना सागरको सेनकाकु या डेयु टापुको गतिविधिले जापानलाई बलियो रूपमा प्रस्तुत गरायो ।

चिनियाँ व्यापारको विरुद्धमा एक किसिमको ‘उल्फ वारियर डिप्लोमेसी’ को पनि अस्ट्रेलियाले प्रतिक्रिया जनाएको छ ।

ठूलो शक्तिसंघर्षको चुनौती पार गर्न राज्यलाई मन पर्ने ढाँचामा सैन्यवादको वृद्धिसँगै आउँदो दशकको सुरक्षा परिदृश्यमा परिवर्तन हुने गरी कसरी कूटनीति अगाडि बढ्न सक्छ ? बढ्दो हाइब्रीड धम्की र ग्रे जोनको सामना गर्ने हतियारको रूपमा ‘मिनिलेटरलिजम’ कति प्रभावकारी हुन्छ ?

मिनिलेटरलिजम प्रचलनमा धेरै देखिन्छ किनभने केही ठूला प्रतिष्ठानले राजनीतिक ग्रीडलक पाएका छन् ।

संयुक्त राष्ट्र संघलाई उदाहरण मान्दा, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्रसँग भिटो पावर छ । यो एउटा पाटो हो तर कहिलेकाहीँ यसले कुनै मामलामा अगाडि बढ्न नै राष्ट्र सङ्घलाई रोकेको छ ।

यसै गरी, दक्षिणपूर्वी एसियाली राष्ट्रको सङ्गठन (आसियन) यस्तो संस्था हो जसलाई धेरैले भविष्यको आशाको रूपमा हेरेका थिए ।

यसले धेरै ग्रीडलकको सामना गरेको छ किनभने त्यहाँ पनि कुनै कुरा सञ्चालन गर्न १० सदस्य राष्ट्र सहमत हुनुपर्छ ।
अवश्य पनि, अहिले खास गरी चीनबाट र त्यसको उल्टो अमेरिकाबाट आफ्नो अनुकूल अवस्था बनाउनका लागि दबाब दिइएको छ ।

यसको मतलब यो हो कि केही कुराहरूको अभावमा नयाँ ढङ्गले शक्ति र अख्तियारीको प्रयोग गर्ने अभ्यास हुन थाल्छ । क्वाडले बढाइरहेको रहेको गो टु मेकानिजम जस्तालाई मिनिलेटरल मापनले हामीले हेर्ने हो भने यो छोटो र मध्यमकालीन विकल्पको रूपमा देखिन्छ ।

तपाईं ग्रे जोनलाई हेर्नुहुन्छ भने लडाइँको घोषणा नगरी र बन्दुक नपड्काई यसले राजनीतिक प्रभाव खोजेको छ । यो अलि ट्रिकी भइरहेको छ । तपार्ईं साउथ चाइना सागरमा यो देख्न सक्नुहुन्छ ।

तर, अहिलेको बढ्दो साइबर आक्रमणसँगै वेब कमजोर भएको परिणाम स्वरूप हाम्रो समुदाय वेब सक्षमबाट वेब निर्भर बनेको छ ।

हाम्रोजस्तो यो वेब कमजोर समुदाय इन्टरनेटको पहुँचबाट टाढा पुग्नसक्छ र हेरफेर हुनसक्छ । यस्ता विषयको चासोले राष्ट्रिय प्रतिष्ठान तथा उद्योगमा ठूलो समस्या निम्त्याइरहेको छ ।

अस्ट्रेलिया धेरै पटक साइबर आक्रमणको सिकार भएको छ । मेरो आफ्नै संस्थामा पनि साइबर आक्रमण भएको छ । यसै गरी, अन्य स्थानमा पनि साइबर आक्रमण भएको छ ।

वासिङ्टन डीसीमा हुन लागेको क्वाड सम्मेलनबाट अस्ट्रेलियाले के आशा राखेको छ ? यो सम्मेलनमा अस्ट्रेलियाले कुन विषयमा छलफल गर्ने तयारी गरेको छ ?

मसँग यसको पूर्ण स्पष्टीकरण छैन र एजेन्डालाई सिधै हेरेको पनि छैन । अहिलेको समयमा वातावरण र घटनाक्रम तथा अन्य मामला हेर्दा कोभिड १९ महामारी क्वाड राष्ट्र र सिङ्गो संसारका लागि साँच्चै चुनौती देखिएको छ ।

यदि, आफ्नै स्थानलाई सही ठाउँमा राख्ने हो भने क्वाड राष्ट्रहरूसँग यो चुनौतीको सामना गर्ने स्रोतहरू छन् । अहिले हामीलाई थाहा भएकै हो, डेल्टा भेरिअन्टसहितको चौथो लहर भारतले भोगिरहेको छ ।

अस्ट्रेलियामा पनि त्यस्तै छ । क्यानबेरामा भएको लकडाउनको कारण म सबै काम घरबाटै गरिरहेको छु । यसकारण यहाँ स्थानीय मामला पनि छन्, साथै क्षेत्रीय र विश्वव्यापी मामला पनि ।

यसका साथै क्वाडमा हामीले छलफल गर्ने थप चुनौती छन् । साइबर आक्रमण, मेरिटिम मिलिसिया, ‘उल्फ वार डिप्लोमेसी’ मा चीनको दृढता र व्यापारिक प्रतिबन्ध मार्फत धारिलो शक्तिको अभ्यास लगायत विषय हुने छन् ।

यी देशहरूले समन्वय गरेर काम गर्न आवश्यक छ । यसकारण थुप्रै मुद्दाहरू हुने छन् । महामारीसँग सम्बन्धित, शक्ति संघर्ष सम्बन्धित, मेरिटिम मिलिसिया सम्बन्धी र त्यसलाई कसरी सामना गर्ने भन्ने विषयमा । साइबर आक्रमण र यसलाई सामना गर्ने विषयमा । यी एजेन्डाहरू बढी देखिएका छन् ।

भारत नेटवर्कको तहमा समावेश भइरहेको देखेका छौँ । तिनीहरू जापान, अस्ट्रेलिया र अमेरिका बीचको सम्बन्धसँग अन्तक्रियात्मक छन् ।

यी विषय हाम्रो अन्तरक्रियात्मकता व्यवस्थासँग, हाम्रो प्रोटोकलसँग, हाम्रो पद्धतिसँग र हाम्रो नेटवर्कसँग सम्बन्धित छन् । भारतले त्यति धेरै समावेश गरेको छैन र मलाई लाग्छ कि यो पनि एउटा एजेन्डा बन्ने छ ।

भारतका सन्दर्भमा आन्दामान र निकोबार छन् भने अस्ट्रेलियाको सन्दर्भमा कोकोज र क्रिसमस छन् । हामीले हिन्द महासागरको उत्तरपूर्वी कुना कसरी सञ्चालन गर्ने भनेर पनि छलफल गर्नुपर्ने हुन्छ ।

मेरो चासो वातावरणसँग पनि छ । अहिलेको समयमा महामारी मुख्य विषय हो ।

चार दशकभन्दा लामो समयको अन्तरालमा यस खालको अभ्यास भइरहेको छ । तपाईका अनुसार अमेरिका र अन्य सहभागी देशले चीन लगायत विरोधीहरूलाई के संकेत गर्ने प्रयास गर्ने छन् ?

पूर्वी एसियाली मामला र इन्डो प्यासिफिक मामलामा महत्वपूर्ण भूमिका नभएका देशहरूको संलग्नता कस्तो रहने भन्ने कुरा चाखलाग्दो हुनेछ ।

म यहाँ बेलायत, फ्रान्स र नेदरल्यान्ड र अझ जर्मनी समेतलाई हेर्ने सोची रहेको छु । यी सबै त्यस्ता देश हुन्, जसको कुनै एक पटक संसारमा साम्राज्यको पदचिह्न थियो । तर, लामो समयको लागी होइन । म आधा शताब्दी अघिको कुरा गरिरहेको छु ।

फ्रान्स प्यासिफिक आइसल्यान्ड क्षेत्रमा हुनु अपवाद बाहेक यो त्यस यथार्थको पुनर्उत्थान भन्ने होइन ।

तर, विषयहरू कसरी अगाडि बढ्छन् भन्ने कुरा सोच्ने रमाइलै हुनेछ । यी त्यही देशहरू हुन् जो अमेरिकासँग जोडिन सक्रियरूपले प्रयास गरिरहेका छन् । साथै अमेरिकासँगै जापान र अस्ट्रेलियासँग पनि जोडिन्छन् । चीनलाई यो सङ्केत गर्न चाहन्छन् कि युरेसिया ल्यान्डमासको एउटा कुनामा तिमीले जे गरीरहेका छौ, हामी त्यसमा खुसी छैनौ । युरोसिया ल्यान्डमार्कमा तिम्रो तर्फबाट हुने गतिविधिसँग हामी सम्बन्धित छौँ ।

त्यहाँ ती युरोपेली शक्तिको पहिचान पनि छ, जो अमेरिका सक्रिय रहोस् र उनीहरूको मामलामा व्यस्त होओस् भन्ने चाहन्छन् ।

बेलायतले यही समय बेपारको अवसर पनि खोजी रहेको छ । उनीहरू हतियारविनाको पराक्रम र आफ्नो सामान देखाउन खोजी रहेका छन् । उनीहरू चीनप्रति पनि चासो दिइरहेका छन् ।

तिनीहरू जापानसँग पनि सम्बन्ध बढाउन चाहन्छन् र उनीहरूको सम्झौतालाई फाइभ पावर डिफेन्स एरेन्जमेन्टको माध्यमबाट बलियो बनाउन चाहन्छन् ।

फाइभ पावर डिफेन्स एरेन्जमेन्ट साँच्चै रोचक छ । यसमा पूर्वबेलायती उपनिवेश भएका मलेसिया, सिंगापुर, अस्ट्रेलिया, न्यु जिल्यान्ड र बेलायत आफै रहेका छन् ।

यसलाई कसरी यी पाँच देशले उपयोगी बनाउने छन् भनेर पनि धेरैको चासो रहेको छ । १९७१ मा स्थापित यो सङ्गठन ५० वर्षको भइसकेको छ ।

फाइभ पावर डिफेन्स एरेन्जमेन्ट एफपीडीएलाई एक तर्फबाट हेर्ने हो भने केही विसङ्गति जस्तो पनि देखिन्छ । अर्को तर्फबाट हेर्दा यसले जीवनशक्ति पनि पाएको छ, जुन उल्लेखनीय युवामय छ र यो उल्लेखनीय लचिलो पनि छ ।

यसकारण आज पनि उदाहरणका लागि इन्डोनेसिया हेरौँ । जो एक पटक विरोधी देखिइसके पनि अहिले फेरि निम्त्याइएको छ र एफपीडीएलाई लेजन अफिसरको रूपमा हेरिरहेको छ ।

यसकारण हामी गतिशीलतामा परिवर्तन हुने देखिरहेका छौँ । चीनले यसलाई कसरी लिने छ, त्यो हेर्न रोचक हुने छ । तिनीहरूलाई आत्मग्लानि हुने छ या पछाडि फर्कने छन् र मलाई शंका छ कि उनीहरू फर्कने छन् ।

तर, मलाई लाग्छ पछि फर्कनु नै बुद्धिमत्ता हो । तिनीहरू अन्य देशले गर्ने कुरा ध्यान दिएका छन् र तिनीहरूले चाहेभन्दा फरक गरे उनीहरू कमजोर हुने छन् ।

चीनसँग सम्बन्धित कुरालाई उनीहरूकै आँखाले हेरौँ । राष्ट्रपति सिबाट विगतमा केही हदसम्म कमान्ड अर्थतन्त्रका लागि अभ्यासहरू भएका थिए । तर, विश्वव्यापी अर्थतन्त्र कमान्ड अर्थतन्त्र होइन ।

कनै पनि कुरा गर्नुभन्दा भन्न सजिलो हुन्छ किनभने एक पटक अस्ट्रेलियालाई पनि टिमसहित चीन जाने, वार्ता शृंखाला कायम राख्ने र फेरी अस्ट्रेलिया फर्कने र पछाडिबाट प्रहार गर्ने काम सजिलो लाग्थ्यो ।

तर, अहिले यो धेरै कठिन छ । इन्डोनेसिया, भारत र दक्षिण पूर्वीएसियाका जापान, कोरियालगायत देशसँग खुला व्यापार सम्झौता भएका छन् । यसले उनीहरू माथि पुँजीकरण अलि कठिन बनाएको छ ।

जहाँसम्म भविष्यको कुरा छ, त्यस स्पेसमै रहेर बढी बहुपक्षीय, द्विपक्षीय र धेरै मिनी लेटरल बाटोमै रहने छ ।

चीनले अस्ट्रेलियाविरुद्धको व्यापार सजायका लागि अभियान चलाएर आघात पुग्ने काम गरेको पनि वर्ष भइसकेको छ । क्यानबेराको यो अनुभवबाट बेइजिङसँग सम्बन्ध राख्ने विषयमा अन्य देशले के पाठ सिक्ने छन् ? ‘ह्याभिङ अस्ट्रेलिया ब्याक’ कै सन्दर्भमा यसका सहयोगीबाट कस्तो सहयोग भयो र सामूहिक पुस ब्याकका लागि अमेरिकाको कस्तो भूमिका रह्यो ?

हामीले महसुस गर्नु पर्ने कुरा के हो भने चीन एक एक देश गरेर सजाय दिन चाहन्छ । कोरिया, नर्वे, स्विडेन, जापान र अस्ट्रेलिया यस्तै भएको हो ।

जहाँसम्म हामीलाई इङ्गित गरिएको होइन भन्ने कुरा छ, त्यो अवस्थामा हामी नै थियौँ । हामीले चीनको दाबी र घमन्डको चुनौतीपूर्वक सामना गरिरहेका थियौ ।

चीनले विशेष गरेर चीनको अधीनमा रहन इच्छा नहुने राज्यलाई आफ्नो अधीनमा बस्नु पर्ने मागसहित भूमिका खोज्छ ।

अन्तर्राष्ट्रिय चलनले गर्ने काम र त्यसले उहाँलाई नै प्रहार गर्ने कुरा गणना गर्ने सवालमा राष्ट्रपति सी चुक्नुभएको हो । यसका केही विकल्प पनि थिए । अस्ट्रेलिया लगायत यस क्षेत्रका अन्य देश कसरी विविधता दिन सकिन्छ भनेर हेर्न र चिनियाँ बजारमा मात्र भर नपरेर विकल्प खोज्न चाहन्छन् । यसमा अगाडि रहने क्वाडका दुई देश जापान र अमेरिका हुन् ।

दुई दशकअघि चीनलाई विश्व बेपार सङ्गठनमा प्रवेश गर्न दिएको अमेरिकाले गुगल, एपल र बोइङ मार्फत चीनमा धेरै लगानी गरेको छ । चिनियाँहरूले यस अवसरको राम्रो उपयोग गरे ।

यसैको असरले अहिले अमेरिकामा पुनर्मूल्यांकन र पुनर्गठनको प्रक्रिया चलिहको छ । अस्ट्रेलिया र जापानमा पनि यसो भएको छ तर नेपाल, न्यु जिल्यान्डजस्ता सीमित लाभ भएका देशको हकमा उनीहरू उनीहरू एउटा शक्तितर्फ उभिन सक्दैनन् । उनीहरूको आफूहरू सुरक्षित रहनका लागि स्पेस खोजी रहेका हुन्छन् ।

अस्ट्रेलियाली पूर्वसैनिक र लडाइ इतिहासकार भएकाले तपाईं गएका वर्षहरूमा अस्ट्रेलियाको रक्षा नीतिमा आएको विकासलाई कसरी मूल्यांकन गर्नुहुन्छ ? अहिले अस्ट्रेलियाका रणनीतिक नीतिगत परिवर्तन र अवसर के हुन् ?

अस्ट्रेलियाका थिंकर तथा लेखक एलन ग्यान्जेलले ‘फेयर अफ एबनडोन्मेन्ट’ भन्ने पुस्तक लेख्नुभएको छ । यो शीर्षकले नै धेरै कुरा भनेको छ किनभने यसले अस्ट्रेलियाको सबै वृत्तान्त भनिरहेको छ ।

हाम्रा संस्थानहरू, सामान्य कानुन सबै बेलायती व्युत्पन्न हुन् । दुई सदनीय संसदको मोडल पनि बेलायती व्युत्पन्न हो । तर, समुदायमा सरकारको मोडल युरोपेली मोडल आवश्यक ठहराइयो ।

यो प्रतिध्वनि संसारभरि छ । विडम्बना ! चीन कम्युनिस्ट देश हो । कम्युनिस्ट कहाँबाट आए ? कार्ल माक्र्स र लेनिनहरू युरोपेली मोडलका हुन् ।

यसकारण मैले थाहा पाए अनुसार बेलायतमा पुगेको जर्मन यहुदीले पुँजी नामको किताब बेच्न सफल भए । आज हामी बसेको संसारमा धेरै एक आपसमा सम्बन्धित छ । अस्ट्रेलियालाई हेर्दा यसको चार प्रतिशत दक्षिण एसियाबाट, चार प्रतिशत दक्षिण पूर्वीएसियाबाट र पाँच प्रतिशत उत्तरपूर्वी एसियाबाट छ ।

युरोप, अफ्रिका र ल्याटिन अमेरिकाबाट पनि धेरै बसाइँ सराइ गरी आएका छन् । हाम्रो बीचमा अन्तरसम्बन्ध छ र समनिर्भरको रूपमा इन्डो प्यासिफिकका छिमेकी एक आपसमा निर्भर छौँ ।

अहिले धेरै महत्त्वपूर्ण समय आएको छ । सुरक्षा, आर्थिक र राजनीतिक चुनौतीसँग महामारी पनि हामीले सामना गरिरहेका छौँ । प्यासिफिक क्षेत्रमा सहयोग गर्ने क्रममा अस्ट्रेलियाले पपुवा न्युनिनी, फिजी, सालोमान आइसल्यान्ड र इन्डोनेसियामा भारत र जापानसँग सहकार्य गर्दै भ्याक्सिन पठाइ रहेको छ ।

अस्ट्रेलियाले हालसाले ५८१ मिलियन अमेरिकी डलरको योजना सार्वजनिक गरेको छ । अमेरिकासँग संयुक्त अभ्यास गर्ने र सैन्य आधारलाई बढवा दिने यो कुराले चीनसँग टकराब बढाउने जोखिम पनि बढाएको छ । तपाईंको विचारमा या निर्णयमा कति भिन्नता र कति महत्वपूर्ण छ ?

यो महत्त्वपूर्ण छ किनभने यसले अस्ट्रेलिया आवश्यक परेको समयमा पैसा झिक्न सक्छ भनेर परिचित गराएको छ । यो टेडी रुजवेल्टले भने भन्दा उल्टो हो, अस्ट्रेलियाले ठूलो स्वरले बोल्छ र कम जोखिम लिन्छ । हामी मूल्य र रुचिमा बढी आक्रामक हुन्छौँ भने क्षमतालाई पनि दुगुना बढाउनुपर्छ ।

हाम्रो सैन्य क्षमता महामारी, बाढी र आगलागी, सुनामीजस्ता कुरामा अरूलाई सहयोग गर्ने सवालमा पनि उपयोगी साबित भएका छन् । यो लडाइबाट बचाउने बिमा नीति जस्तै हो ।

हाम्रो आजको रक्षा नीति एक ध्रुवीय अवस्थाका लागि डिजाइन गरिएको हो । अहिले शीतयुद्धको अन्त्य भइसकेको छ । एउटा इतिहासको अन्त्य भइसकेको अवस्था छ र अमेरिकाको हात माथि छ । अब हाम्रो सुरक्षामा यो भन्दा धेरै बढी रकम खर्चन आवश्यक छैन ।

भारतबाहेक अन्य दक्षिण एसियाली देश, खास गरेर नेपालमा अस्ट्रेलियाको उपस्थिति कस्तो देख्नुहुन्छ ?

अस्ट्रेलियाको नेपालसँग धेरै गहिरो सम्बन्ध छ र धेरै नेपाली अस्ट्रेलियामा बसाइँ सराइ गरेर आएका छन् । हाम्रो परिवार पनि नियमित रूपमा नेपालसँगको सम्पर्कमा छ ।

जब बेलायतको शासन हट्दै गयो, अस्ट्रेलियाले हिन्द महासागरीय क्षेत्रमा बेलायतको पुरानो प्रभाव रहेको स्थानमा पुनर्उत्थान खोज्यो ।

अस्ट्रेलियाको रणनीतिक गणनामा भारतले प्रमुख प्राथमिकता पायो । यसै गरी, बङ्गलादेश, नेपाल र भुटानसँग पनि गहिरो रुचि रह्यो किनभने त्यहाँ धेरै समानता पायौँ ।

तर, अस्ट्रेलियाको इन्डो प्यासिफिक क्षेत्रमा आबद्धतासँगै हामी नेपालसँगको सम्बन्ध पुनर्उत्थान गर्ने कुराको तयारीमा छौँ । तपाईं नेपाल र अस्ट्रेलिया बीचको सम्बन्धमा न्यानोपन देख्न सक्नुहुन्छ । त्यो हिमालयसँग सम्बन्धित छ ।

नेपाल जाँदाको एडभेन्चर अर्कै छ । मेरी श्रीमती गएकी छन् तर मैले यसको अनुभव गरेको छैन । भविष्यमा सँगै जाने सोचमा म छु । इमानदार भएर भन्दा यो एउटा किस्साको स्वरूप हो । तर, नेपाल र अस्ट्रेलिया बीचको सम्बन्धमा न्यानोपन देखिने अन्य ठाउँ धेरै छन् ।


भर्खर

0