टोकियो ओलम्पिकः महिला स्प्रिन्टमा जमैकाको रवाफ | Khabarhub Khabarhub

टोकियो ओलम्पिकः महिला स्प्रिन्टमा जमैकाको रवाफ


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जमैकाकी एलन थम्सन हेराथले ओलम्पिक कीर्तिमानसहित सय मिटर दौडको स्वर्ण पदकको रक्षा गरेकी छिन् । टोकियो ओलम्पिकमा शनिबार साँझ उनले १० दशमलव ६१ सेकेन्डमा रेस पूरा गरिन् । यो सय मिटर दौडमा हालसम्मको दोस्रो उत्कृष्ट समय हो ।

अमेरिकी फ्लोरेन्स गिफ्थ जोयनरको १० दशमलव ४९ सेकेन्डको विश्व कीर्तिमान अझै कायम छ । जोयनरले १९८८ को सियोल ओलम्पिकमा कायम गरेको १० दशमलव ६२ सेकेन्डको ओलम्पिक कीर्तिमान यस ओलम्पिकमा भङ्ग भएको छ । सन् २००८ र २०१२ को स्वर्ण पदक विजेता फ्राजियरले रजत र जमैकाकी सारिका ज्याक्सनले कास्य पदक जितेका छन् ।

मिश्रित ४ गुणा ४ सय मिटरको स्वर्ण पोल्यान्डले जितेको छ । यस स्पर्धामा डोमेनिक गणतन्त्रले रजत र अमेरिकाले कास्य पदक जितेका छन् । अमेरिकाको खराब प्रदर्शन यथावत छ ।

पुरुषको डिस्कस थ्रोमा स्विडेनका मानियल सत्तले स्वर्ण र स्विडेनकै सिमाने पिटरसनले रजत पदक जिते । अस्ट्रियाका लुकास वेन्डससिङ्गरले कास्य जिते ।

यस ओलम्पिकमा केही अमेरिकी स्टारको अनपेक्षितरूपमा कमजोर प्रदर्शन भएको छ । यस वर्ष सबैभन्दा छिटो समयमा दौडिएका ट्रेभस बोमेल हिट चरणमा चौथो भए । उनी वेस्ट लुजरको आधारमा सेमिफाइनल प्रवेश गरे ।

विश्व च्याम्पियनसिपको कास्य पदक विजेता एजे विल्सन ८ सय मिटरको सेमिफाइनलबाट बाहिरिएकी छिन् । यही स्पर्धामा विश्व च्याम्पियनसिपकी उपविजेता रोजर्स पनि सेमिफाइनलमा आफ्नो हिटमा तेस्रो भएपछि वेस्ट लुजरको आधारमा फाइनल प्रवेश गरिन् ।

यसैमा चिनियाँ धाविका अप्रत्याशित प्रदर्शन गर्दै आफ्नो हिटमा पहिलो भइन् । यस स्पर्धा अमेरिकी आशा सुडानी आप्रवासीकी छोरी एथन मुमा अडिएको छ ।

पौडी स्पर्धाको मिश्रित मेड्लीमा बेलायतले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ । यसमा चीनले रजत र अस्ट्रेलियाले कास्य पदक पाए ।

महिला २ सय मिटर ब्याकस्ट्रोकमा अस्ट्रेलियाकी केली म्याककोनले स्वर्ण, क्यानडाका केली मासले रजत र अस्ट्रेलियाकै एबेली सिबोमले कास्य पदक जिते ।

सय मिटर बटरफ्लाइमा केलेब ड्रेसेलले आफ्नै नाममा रहेको पुरानो विश्व कीर्तिमान भङ्ग गर्दै स्वर्ण पदक जिते । यस स्पर्धामा हङ्गेरीका क्रिस्टोफर मिलाकले रजत र स्विट्जरल्यान्डका नोइ पोन्टीले कास्य पदक जिते । केलेबेको यो दोस्रो व्यक्तिगत र कुल तेस्रो स्वर्ण पदक हो ।

महिला ८ सय मिटर फ्री स्टाइलमा अमेरिकी केटी लेडेकीले स्वर्ण, अस्ट्रेलियाकी एरियन टिटमसले रजत र इटालीकी सिमोन क्वाड्रियलाले कास्य पदक जिते ।

आर्चरीको पुरुष एकलमा टर्कीका मेटे गाबोजले स्वर्ण पदक जिते । इटालीका माउरा नेस्पोलीले रजत र जापानका ताकाहारु फुमाले कास्य जिते ।

सेलिङको महिला विन्डसफरमा चीनकी लु झेन जुइले स्वर्ण, फ्रान्सकी पिकोन चार्लीले रजत र बेलायतकी एनी विल्सनले कास्य पदक जिते ।

पुरुष विन्डसफरमा नेदरल्यान्ड्सका बाडोलाइन किरनले स्वर्ण, फ्रान्सका थोमस गोयार्डले रजत र चीनका बि कुनले कास्य पदक जिते ।

सुटिङको टिम ट्यापमा स्पेनले स्वर्ण, सान मारिनाले रजत र अमेरिकाले कास्य पदक जिते । महिलाको ५० मिटर राइफलमा स्वीजरल्यान्डकी नीना क्रिस्चीयनले स्वर्ण, रुस ओलम्पिक कमिटीकी युलिया जाइकोभाले रजत र सोही टोलीकी युलिया कारिमोभाले कास्य जिते ।

ट्राम्पोलाइन जिम्न्यास्टिकको पुरुष स्पर्धामा बुल्गेरियाका इभान लिटिनभोभीचले स्वर्ण, चीनका डोङ डोङले रजत र न्यु जिल्यान्डका डायलाइन स्किमिटले कास्य जिते ।

ट्रायथलनको मिश्रित रिलेमा बेलायतले स्वर्ण, अमेरिकाले रजत र फ्रान्सले कास्य पदक जिते ।

भारोत्तोलनको पुरुष ८१ किलोमा चीनका लुइ जियानले स्वर्ण, डोमेनिक गणतन्त्रका बोनाट माइकलले रजत र इटालीका एन्टेनियो पोजानाले कास्य दिक जिते ।

जुडोको टिम इभेन्टको फाइनलमा जापानलाई हराउँदै फ्रान्सले स्वर्ण पदक जितेको छ । यस स्पर्धामा जर्मनी र इजरायलले कास्य पदक जिते ।

भारोत्तोलनको ९६ किलो तौल समूहमा जर्जियाका एडम पिलेसेनाले स्वर्ण, चाइनिज ताइपेइका पो जेन चेनले रजत र क्यानडाका रोबर्ट बन्डी स्ट्यान्लीले कास्य पदक जिते ।

ब्याडमिन्टनको पुरुष युगलमा चीनका लुन ही र लिउजी चेनको जोडीलाई हराउँदै चाइनिज ताइपेइका ली याङ र वाङ चीनलीको जोडीले स्वर्ण जित्यो । मलेसियाको ची आरोन र हु वीकको जोडी कास्य पदक जित्न सफल भयो ।

शनिबारको खेल सकिँदा चीन २१ स्वर्ण सहित शीर्ष स्थानमा छ भने जापान १७ स्वर्ण पदक सहित दोस्रो र अमेरिका १६ स्वर्ण पदक सहित तेस्रो स्थानमा छन् ।
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ९ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम