जसपा संसदीय दलको नेतामा यादव चयन | Khabarhub Khabarhub

जसपा संसदीय दलको नेतामा यादव चयन


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।

जसपा नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन् ।

नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव थिए ।

जसपाको शनिबार भएको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए ।

निर्वाचन आयोगले यादवले नेतृत्व गरेको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ४ : ३१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम