कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नेपाल स्काउट | Khabarhub Khabarhub

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा नेपाल स्काउट


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल स्काउटले कोरोना सङ्क्रणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा सघाउन थालेको छ ।

प्रदेश नं. १ को राजधानी विराटनगरमा आज स्काउटको प्रदेश तदर्थ समितिका संयोजक रवी खनालको नेतृत्वमा नेपाली सेनाबाट तालिम प्राप्त स्काउटकर्मीको टोलीले विराटनगरका ५४ वर्षीय पुरुषको शव व्यवस्थापन गरेको हो ।

यसअघि, नै सङ्क्रमितको शव व्यवस्थापनका निम्ति प्रदेश नं. १ का झापा, मोरङ र सुनसरी जिल्लाका ४२ स्काउटरलाई नेपाली सेना पूर्वी पृतना हेडक्वाटर र नम्बर २ बाहिनी अड्डा, हिलेले तालिम दिएको थियो ।

स्काउट प्रदेश कार्यालयका प्रदेश अधिकृत नवराज घिमिरेका अनुसार बेलबारी, रङेली, धरान, दमक, बिर्तामोड र भद्रपुरमा पनि स्काउटले शव व्यवस्थापन गर्ने तयारी गरेको छ । उनका अनुसार शव व्यवस्थापनका लागि खटिएका स्काउट स्वयंसेवकलाई अलग्गै बस्ने व्यवस्थापन गरिएको छ ।

स्काउटले स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले ‘डाक्टर अन कल हेल्पलाइन’ लगायत विभिन्न सेवा पनि सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ९ : ४५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम