हवाई दुर्घटनामा ‘टार्जन’ अभिनेता जोयको निधन | Khabarhub Khabarhub

हवाई दुर्घटनामा ‘टार्जन’ अभिनेता जोयको निधन


१७ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स–हलिउड फिल्म सिरिज ‘टार्जनः द इपिक एडेभञ्चर्स’ का अभिनेता जोय लाराको हवाई दुर्घटनामा परी निधन भएको छ । ५८ वर्षे यी अभिनेता चढेको प्लेन अमेरिकाको नासभिली सहर नजिकैको तालमा दुर्घटना भएको थियो ।

एनडीटीभीका अनुसार दुर्घटनामा उनकी श्रीमति ग्वेन लारा र अन्य पाँच यात्रुको पनि निधन भएको छ ।

फ्लोरिडाको पाम बिचका लागि स्माइर्ना एयरपोर्टबाट उडेको १९८२ सेसन सी५०१ नम्बरको सानो जेट प्लेन उड्नासाथ दुर्घटनामा परेको हो ।

गोताखोरले तालबाट प्लेनका विभिन्न टुक्रा तथा मानिसका अंग फेला पारेका छन् । के कारणले दुर्घटना भएको हो भन्ने यकिन हुन लागेको छैन । यद्यपि अनुसन्धानमा संलग्न अधिकारीहरुले यो अनुसन्धान पुरा हुन कमसेकम दुई वर्ष लाग्ने जनाएका छन् ।

मृतक अन्य पाँचको पनि पहिचान भएको छ । लाराकी श्रीमति रेमनन्ट फेलोसिप चर्चकी संस्थापक हुन् । अन्य पाँच यात्रुहरु ब्रेन्टवुड, टेन्नेसी र लाराको चर्चाका सदस्यहरु हुन् ।

सन् १९६२ अक्टोबर २ मा सान डियागोमा जन्मिएका लाराले फिल्ममा आउनु अघि मोडलिङबाट करियर सुरु गरेका थिए । सन् १९८९ मा उनले सीबीएस टेलिफिल्म ‘टार्जन इन मेनहटन’मा प्रमुख भूमिका निर्वाह गरेका थिए ।

यो फिल्ममा जंगलका राजा मानिएका टार्जनले चिता नामको चिम्पाञ्जीलाई उद्दार गर्न न्यूयोर्क आएको कथालाई देखाइएको छ ।

सन् १९९६ देखि १९९७ सम्मको समयावधिमा लाराले ‘टार्जनः द इपिक एडभेञ्चर्स’का २२ श्रृंखलामा अभिनय गरे । दक्षिण अफ्रिकामा खिचिएको यसको केही श्रृंखला उनी आफैंले निर्माण गरेका थिए ।

उनले अभिनय गरेका फिल्महरु ‘अमेरिकन साइबर्गः स्टिल वारियार’, ‘स्टिल प्रण्टायर’, ‘वारहेड’ र ‘डुम्सडेयर’ले उनको करियरलाई उचाइमा पुर्‍याएकाे थियो । उनले ‘बेवाच’ र ‘कोनान द एडभेञ्चर’ जस्ता टेलिभिजन शोमा पनि काम गरेका थिए । उनले अभिनय गरेको अन्तिम फिल्म सन् २०१८ मा रिलिज ‘समर अफ ६७’ थियो ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  १० : २३ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन