प्रतिरक्षा प्रणाली बलियो बनाउने यी हुन् प्राकृतिक उपाय | Khabarhub Khabarhub

प्रतिरक्षा प्रणाली बलियो बनाउने यी हुन् प्राकृतिक उपाय



आज विश्व कोभिड–१९ को महामारीले आक्रान्त भइरहेको छ । चीनको हुवई प्रान्तको बुहान शहरमा सन् २०१९ को अन्त्यदेखि देखिउको कोरोना भाइरसको नवीन प्रजातीले आज संसारलाई तहसनहस  बनाएको छ ।

आज यस महामारीबाट कुनै पनि देश अछुतो छैन । अत्यन्त तीब्र गतिमा फैलनसक्ने यस रोगले हाल सम्म ३५ लाखभन्दा धेरैले ज्यान गुमाइ सकेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो रोग लागेर ज्यान गुमाउनेहरूमध्ये अधिकांशको स्वास्थ्य स्थिति ठीक नरहेको वा कुनै न कुनै दीर्घरोगले ग्रसित रहेको, प्रतिरक्षा प्रणाली अत्यन्त नाजुक रहेको र जीवनशैली अत्यन्त गडबड रहेकाहरु छन् ।

प्रतिरक्षा प्रणाली ससक्त भए यसले असर गर्न सक्दैन र व्यक्तिले भाइरसलाई सजिलै जित्न सक्दछ।

कसरी बढाउने त प्रतिरक्षा प्रणाली

इम्युनीटी वा रोग प्रतिरोधक क्षमताको सशक्तिकरण कसरी गर्ने भन्ने बारेमा जान्नु भन्दा पहिला प्रतिरक्षा प्रणली वा ब्याधी क्षमत्व (Immune system) भनेको के हो भनेर बुझ्न जरूरी छ ।

प्रतिरक्षा प्रणाली अन्तरगत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू र लिम्फ नोडहरूमा रहने सेता रक्तकोशहरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली हो जसले रोग कारक सुष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाइरस, ढुसी, एवं परजिवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् ।

प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ र मान्छे मर्दछ ।

यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सुष्मजीवबाट हुने रोगहरूको सबै भन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।

१. दैनिक आठ घण्टाको निन्द्राः बेलुका ९ बजेदेखि ५ बजे बीचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका गर्दछ ।

२. पर्याप्त पानीको सेवनः पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउँदैन । यसो हुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूको बृद्धी हुन पाउँदैन। यसका अलावा पानी कम हुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भएर प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निस्तेज पार्दछ ।

३. योगभ्यासः योगभ्यासले शरीरमा रक्तसंचार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातीय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालीका कोषहरू उत्पादन गर्न मद्दत गर्दछ।

४. प्रणायाम: कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमणसंग लड्न मद्दत गर्दछ ।

५. ध्यानः ध्यानले तनाव कम गर्दछ। तनाव कम हुँदा प्रतिरक्षा प्रणाली आफै मजबुत हुन्छ ।

६. शाकाहारी खानाः शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो । शाकाहारी जीवन शैली अपनाउदा मान्छेले आफूलाई धेरै जुनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्दछ । यसका अलवा मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भइरहन्छन । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्दत गर्दछ ।

७. पर्याप्त फलफूल एवं तरकारीको सेवनः फलफूल एवं तरकारीहरूमा प्रशस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी–अक्सिडेण्टहरू पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्घि–विकाशमा महत्वपूर्ण भूमिका अदा गर्दछ ।

८. आधा घण्टाको सूर्य स्नान (घाम तपाई): सूर्यको प्रकाश सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।

९. रेशा र चोकर यूक्त खानेकुराः रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्दत गर्दछ ।

१०. हप्ताको एकदिन उपवाशः उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्दत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादन लाई पनि मद्दत गर्दछ ।

११. सकारात्मक सोचः महामारी फैलदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन् । यस्तो बेलामा सकरात्मक हुँदा समस्यासंग लड्न थप बल प्राप्त हुन्छ ।

१२. प्रकृति संगको सामिप्यता प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाइरस, ढुसी एवं परजीवीहरूसंग प्रतिरक्षा प्रणालीको जम्काभेट भइरहने हुँदा प्रतिरक्षा प्रणालीलाई चुस्त राख्न मद्दत गर्दछ ।

१३. धमपानको एवं मद्यपान त्याग धुमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणालीलाई निस्तेज गर्दछ ।

१४. चिनीको सेवन नगर्ने चिनी सेवनले मुखमा एवं शरीरमा हानिकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउमा भाइरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।

१५. जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूड नगर्नेः जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूडमा विद्यमान हानीकारक केमीकलहरूले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बानाई दिन्छन।

यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्दछ । व्याधि क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

लेखक भरतपुर-१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्रकृतिक चिकित्सालयका मेडिकल डाईरेक्टर हुन् ।

प्रकाशित मिति : १७ जेठ २०७८, सोमबार  ५ : ५५ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्