महोत्तरीबाट हराएका किशोरी भारतमा फेला | Khabarhub Khabarhub

महोत्तरीबाट हराएका किशोरी भारतमा फेला


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला परेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका किशोरी भारतमा फेला परेका हुन् ।

उनीहरु अपहरणमा परेको अनुमान गरिएपनि भारत बिहारको सितामढीमा फेला परेका हुन् । उनीहरुलाई उद्धार गरी ल्याइने प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

सिंहका अनुसार सबै किशोरी सकुशल छन् । मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका थिए ।

महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित परिवारका हुन्। सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् ।

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन शुरू गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ५८ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले