महोत्तरीबाट हराएका किशोरी भारतमा फेला « Khabarhub

महोत्तरीबाट हराएका किशोरी भारतमा फेला


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीबाट बेपत्ता भएका किशोरी भारतमा फेला परेका छन् ।

महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट हराइरहेका किशोरी भारतमा फेला परेका हुन् ।

उनीहरु अपहरणमा परेको अनुमान गरिएपनि भारत बिहारको सितामढीमा फेला परेका हुन् । उनीहरुलाई उद्धार गरी ल्याइने प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए ।

सिंहका अनुसार सबै किशोरी सकुशल छन् । मंगलबार दिउँसो घाँस काट्न गएका सातजना सम्पर्कविहीन भएका थिए ।

महोत्तरीका प्रहरी उपरीक्षक दिवेश आचार्यका अनुसार सम्पर्कविहीन भएका सबैजना दलित परिवारका हुन्। सम्पर्कविहीन हुनेहरुमा स्थानीय १२ वर्षीय सीमा पासवान, १२ वर्षीय रञ्जन पासवान, १३ वर्षीय ज्योती पासवान, १३ वर्षीय रीया पासवान, ११ वर्षीय अर्चना पासवान, १७ वर्षीय नगीना पासवान र २० वर्षीय अस्मिता पासवान रहेका छन् ।

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस काट्न गएको र साँझसम्म घर नफर्किंदा खोजबिन शुरू गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १० : ५८ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना