धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन मागियो, यसअघिको आवेदन रद्द | Khabarhub Khabarhub

धितोपत्र बोर्ड अध्यक्षका लागि पुनःआवेदन मागियो, यसअघिको आवेदन रद्द


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तका लागि दोस्रो पटक सूचना प्रकाशन गरेको छ ।

अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले विहीबार एक सूचना प्रकाशन गर्दै सो पदका आवेदन माग गरेको हो । अर्थ मन्त्रालयअन्तर्गतको बोर्डले यसअघि गत कात्तिक ११ गते एक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन खुला गरेको थियो । यसअघि खुला गरिएको आवेदनलाई रद्द गर्दै पुनः दोस्रो सूचना प्रकाशन गरिएको हो ।

बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुङ्गानालाई सरकारले बर्खास्त गरेपछि लामो समयदेखि बोर्ड अध्यक्षविहीन रहेको छ । रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भन्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र (पुस २९ गतेसम्म) आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

१५ दिनभित्र इच्छुक आवेदकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा सिंहदरबारमा गोप्य खामबन्दी आवेदन दिन सक्नेछन् । अध्यक्ष पदका लागि आवेदन दिन धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम नेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार व्यवस्थापन, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्षको पेशागत अनुभव हासिल गरेको र धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ ।

यस्तै, आवेदकले आवेदन दिने अवधिभित्र ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको समेत हुनुपर्ने सूचनामा उल्लेख छ ।

यसअघिको आवेदन रद्ध

बोर्डमा अध्यक्ष नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले गत कात्तिक ११ गते जारी गरिएको आवेदन रद्ध गरिएको जनाएकोे छ । सूचना अनुसार यसअघि आवेदन दर्ता गरेका आवेदकले पुनःअध्यक्ष पदका लागि आवेदन दर्ता गराउनुपर्नेछ ।

यसअघि ११ जनाले अध्यक्ष पदका लागि आवेदन दर्ता गराएका थिए । जसमा बोर्डका कार्यकारी निर्देशन निरग गिरी र उपकार्यकारी निर्देशक डा नवराज अधिकारीले समेत आवेदन बुझाएका थिए । यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा गोपाल भट्ट, कर्मचारी सञ्चयकोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्य, नेप्सेका पूर्वसीईओ सीताराम थपलिया र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाइँले पनि बोर्डको अध्यक्षका लागि आवेदन पेश गरेका थिए।

त्यसैगरी, डा केशवप्रसाद श्रेष्ठ, अनिल पौडेल, रमेश हमाल, जीवन अमगाई र कृष्ण आचार्यले बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएको बोर्डले जनाएको छ । सूचना अनुसार यसअघि आवेदन दिएका आवेदकले दोस्रो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आवेदन फिर्ता लिन सक्नेछन् । सो पदको आवेदनका लागि रु तीन हजार शुल्क तोकिएको छ । रासस

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ६ : २० बजे

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत

सेख जलाल – आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो बिरामीको निधन

वासिङ्टन – आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण प्राप्त गर्ने पहिलो

धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका र जापानस्थित सरोमा सिटी (नगर),

उपेन्द्रलाई बिदा गरेर रञ्जिता र महन्थलाई भित्र्याउने प्रचण्डको तयारी

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हटाएर नागरिक उन्मुक्ति

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बनदेउ चौतारा सडकको जल्केनीमा मोटसाइकल दुर्घटना हुँदा