जिल्ला, उच्च र विशेष आदालत नियमावली संशोधन गर्न बारको माग | Khabarhub Khabarhub

जिल्ला, उच्च र विशेष आदालत नियमावली संशोधन गर्न बारको माग


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले जिल्ला, उच्च र विशेष अदालतको नियमावली तत्काल संशोधन गर्नुपर्ने माग गरेको छ । सोमवार बसेको बारको कार्यसमितिको बैठकले उक्त माग गरेको हो ।

सर्वोच्च अदालतले नै गत साउन १७ गते जिल्ला, उच्च र विषेश अदालतलाई पत्रचार गरी २०७८ मंसिर १ गतेबाट गोला प्रणालीमार्फत पेशी तोक्ने भनेको तर अहिले सो अनुरुप नगरी सर्वोच्च अदालतको नियमावली मात्रै संशोधन भएकाले अन्य अदालतको पनि नियमावली संशोधन हुनुपर्ने माग बारले राखेको छ ।

पूर्वप्रतिवद्धता कार्यान्वयन गर्न बारले फुलकोर्टलाई माग गरेको हो । जिल्ला, उच्च र विषेश अदालतको नियमावली संशोधन नभएसम्म जिल्ला, उच्च र विषेश अदालतमा दैनिक १ घण्टा धर्ना दिने बारले जनाएको छ ।

त्यस्तै सर्वोच्च अदालतमा बुधावारदेखि लागु हुने गोला प्रणालीमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सहभागी नगराउन पनि बारले माग गरेको छ । प्रधानन्यायाधीश जबराको इजलासमा नबस्न न्यायाधीशहरुलाई बारले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ६ : १० बजे

नेपाली सेनाले ऐतिहासिक कोतघरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्