पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर फाइनल पुगेका भरतमणिको अबको प्रस्तुति कस्तो रहला ? | Khabarhub Khabarhub

पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेर फाइनल पुगेका भरतमणिको अबको प्रस्तुति कस्तो रहला ?


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेसँगै ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी भरतमणि पौडेलको चर्चा थप चुलिएको छ ।

ताप्लेजुङका पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो सिजन अन्तगर्त  पछिल्लो एपिसोडमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेपछि ‘पफर्मर अफ द राउन्ड’ बन्दै उनको फाइनलको यात्रा तय भएको छ ।

अब सबै दर्शकका लागि उनको प्रस्तुति कस्तो होला ? भन्ने कौतुहलता पैदा भएको छ । वास्तवमा उनी अहिले आफ्नो फाइनलको प्रस्तुति भन्दा पनि भोट माग्नमा व्यस्त छन् ।

कमेडी च्याम्पियनकै सर्वाधिक ‘पफर्मर अफ द राउन्ड’ बनेका उनलाई यस अघिका एपिसोडमा धेरै भोट चाहिएको थिएन । तर अब उनी मैदानमै उत्रेर भोट अपिल गरिरहेका छन् ।

उनी यस सिजनको अन्तिम चारमा पुगेका अन्य तीन प्रतिस्पर्धी विकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछाडि पारेर ‘पफर्मर अफ द राउन्ड’ बन्दै फाइनल प्रवेश गरेका हुन् ।

‘कमेडी च्याम्पियन’ मा अन्तिम तीन प्रतिस्पर्धीहरूको टुङ्गो लागेपछि दर्शकको मतको आधारमा विजेता घोषणा गर्ने गरिएको छ। अहिले शोमा चार जना प्रतिस्पर्धी रहेकाले आगामी शृङ्खलाबाट एकजना भोटको आधारमा बाहिरिने छन्।

भरतमणि ‘पफर्मर अफ द राउन्ड’ बनेका कारण उनले अन्तिम तीनको यात्रा पक्का भएको छ भने बाँकी रहेका ‘कमेडीयन’ हरू बिकी, सन्तोष र हिकमतमध्ये एकजना बाहिरिने छन्।

पारस शाहजस्तै स्वरूपमा स्टेजमा उत्रिएर उनले शाहकै लबज र हाउभाउमा आफ्नो कला प्रस्तुत गरेपछि उनी थप चर्चामा आएका छन् ।यसअघि पूर्वमन्त्री गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर उनले दर्शकको मन जित्न सफल भएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १० : १७ बजे

भारतको तामाखानीमा लिफ्ट खस्दा फसेकाको उद्धार

भारत– भारतस्थित कोलिहान तामाखानीमा लिफ्ट खसेपछि खानीमा फसेका थप सात

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेले जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट

ओली-प्रचण्ड भेटेपछि रविले भने : कांग्रेसको आरोपको जवाफ संसद्‍बाटै दिन पाउनुपर्छ

काठमाडौं – उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई कांग्रेसले लगाएको

उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु

लमजुङ– दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अलपत्र परेको दश

६९० किलोग्राम गाँजासहित चार जना पक्राउ

सुनसरी– सुनसरीको देवानगंज गाउँपालिका-५ मेहता टोलबाट अवैध लागूऔषध गाँजा ४