चिनियाँ कम्पनीप्रति आक्रोश नै आक्रोश « Khabarhub
Logo
४ आश्विन २०७८, सोमबार

चिनियाँ कम्पनीप्रति आक्रोश नै आक्रोश



नेपाल र चीनको कूटनीतिक सम्बन्धको थालनी वि.सं. २०१२ मा भए पनि चीनले नेपालमा बहुआयमिक परियोजनाहरूको थालनी धेरैपछि मात्र गरेको देखिन्छ ।

नेपालले चीनको ‘बेल्ट एन्ड रोड’ अवधारणामा २०७४ सालमा मा हस्ताक्षर गरेवापत चीनले नेपालमा धेरै आयोजनाहरू शुरू गरेको छ । कैयौँ परियोजना निर्माणाधीन छन् । यसका साथै हालका दिनमा विभिन्न ठाउँमा चीनियाँ कम्पनीप्रति स्थानीय वासिन्दा आक्रोश पनि बढ्न थालेको छ ।
यसको एक उदाहरणका रूपमा झापा जिल्लामा बन्न लागेको औद्योगिक पार्कलाई लिन सकिन्छ ।

झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाको भूभाग समेटेर चीन सरकारको लगानीमा निर्माण गर्न लागिएको ‘नेपाल–चीन औद्योगिक पार्क’ को जग्गाको मुआब्जा वितरण र यसको पारदर्शिताको विषयले उग्ररूप लिन थालेको छ ।

हेर्दा आकर्षक र ठूलो देखिए तापनि यो योजना निर्माण गर्दा हुने क्षति पनि त्यतिकै गम्भीर छ । यसको निर्माणले वनजङ्गल र पर्यावरणको विनाश त हुन्छ नै, यस ठाउँमा धेरै वर्षदेखि बसोबास गर्दै आएका झण्डै १५० परिवारको उठिबास लाग्ने निश्चित छ ।

स्थानीय जनताले यसको विरोध गर्न थालेका छन् । दमक औद्योगिक पार्क संघर्ष समिति र संघीय लिम्बुवान मञ्चको नेतृत्वमा त्यहाँका स्थानीय वासिन्दा, दलित, जनजाति तथा अल्पसंख्यक समुदायले यसको घोर विरोध गरेका छन् । उनीहरूले गत चैत २४ गते दिन झापाको चन्द्रगढीमा धर्ना गरेका थिए ।

यसअघि पनि करिब ७ हजार स्थानीयवासीले गौरादहमा गत फागुन ५ गते बृहत्रूपमा प्रदर्शन गरेका थिए । माग पूरा नभए आगामी दिनमा अझ बढी आन्दोलन गर्ने चेतावनी पनि उनीहरूको छ । निर्माणाधीन पार्कमा परेको जग्गाको उचित मुआब्जा नपाएकोमा स्थानीय जनता क्षुब्ध छन् ।

आजकल चीनियाँ कम्पनीहरू आफ्नो परियोजना निर्माण गर्ने क्रममा स्थानीय बासिन्दाको भावनालाई ख्याल नगरी त्यहाँका प्राकृतिक स्रोत साधनहरू आफ्नै सुविधाअनुसार प्रयोग गर्ने गरेका छन् ।

निर्माण कार्यमा नेपालीहरूप्रति गरिने बेवास्ता, कामदारहरूप्रति गरिने दुव्र्यवहार र उनीहरूप्रतिको असहिष्णुता नै स्थानीय बासिन्दा र नेपाली जनताको चिनियाँ कम्पनीहरूप्रति बढ्दो आक्रोशको कारण हो ।

चिनियाँ कम्पनीका चिनियाँ व्यक्तिहरूको दुव्र्यवहारले गर्दा गत फागुन १४ मा सीनो हाइड्रो कर्पाेरेसनका कामदार र प्रबन्धकबीच झडप भएको थियो । तनहुँको एउटा विद्युत परियोजनाको काम नै ठप्प हुन भएको थियो ।

पछि करिब चार सय कामदारहरूले कम्पनीले सहमतिअनुसार पैसा नदिएको भन्दै र १० प्रतिशत तलब वृद्धि गर्न माग गर्दै आन्दोलन गरेका थिए ।

यस्तै अर्को घटनामा गत मार्च २४ मा नवलपरासीको नारायणघाट–बुटबल सडक निर्माण परियोजनाका ठेकेदार र नेपाली कामदारहरूबीच झडप हुँदा ६ जना नेपाली कामदार घाइते भएका थिए । पैसा भुक्तानी सम्बन्धी समस्या सामाधान गर्ने कुराकानीको क्रममा चिनियाँ ठेकेदारहरूले नेपाली कामदारहरूमाथि कुटपिट गरेका थिए ।

चीनले नेपाललाई एक असल छिमेकीको हैसियतले विभिन्न क्षेत्रमा सहायता गरिरहेको भएता पनि एक लगानीकर्ताको हिसाबले उसले लगानी गर्दा आफ्नो आर्थिक वा राजनीतिक स्वार्थको पनि त्यतिकै चासो राखेको हुन्छ । चीनले नेपालमा निर्माण गरिरहेको विभिन्न परियोजनाहरूमा चीनको निजी स्वार्थ रहेकै हुन्छ ।

त्यसैले आजकल चीनियाँ कम्पनीहरू आफ्नो परियोजना निर्माण गर्ने क्रममा स्थानीय बासिन्दाको भावनालाई ख्याल नगरी त्यहाँका प्राकृतिक स्रोत साधनहरू आफ्नै सुविधाअनुसार प्रयोग गर्ने गरेका छन् ।

यस्तै एक घटनामा अरनिको राजमार्ग निर्माण गर्ने चिनियाँ कम्पनीले सडक निर्माण गर्ने क्रममा त्यहाँका महत्वपूर्ण ढुङ्गा निर्माणकार्यमा जथाभावी प्रयोग गर्दा सिन्धुपाल्चोकका वासिन्दाहरूको आक्रोश भोग्नुपरेको थियो । जनताले यसको विरोध गर्दै त्यहाँको ढुङ्गा प्रयोग गर्न दिएनन् ।

त्यस्तै एक अर्को घटनामा भोटेकोशीका केही स्थानीय वासिन्दाले भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकमा चीनियाँ कम्पनीविरुद्ध प्रदर्शन गरेका थिए । उनीहरूले माथिल्लो भोटेकोशी विद्युत परियोजनाबाट हुने वार्षिक आम्दानीको सात प्रतिशत स्थानीयवासीलाई दिन र कम्पनीसँग भएको सहमतिअनुसार त्यहाँका वासिन्दालाई परियोजमा काम दिन माग गरेका थिए ।

कम मूल्य तोकेर ठूला ठूला योजनाहरू हात पार्ने र समयमा योजना पूरा नगर्ने वा बीचमै छोडिदिने चिनियाँ कम्पनीहरूको प्रवृत्तिप्रति नेपाली जनता र स्थानीयवासीको आक्रेश हुने गरेको छ । परियोजनाहरू अधुरो भएकोले नेपाली जनताले दुःख पाउने गरेका छन् ।

देशमा लगानी भित्रिनु र परियोजहरू निर्माण हुनु शुभसंकेत हो । उत्तरी छिमेकी चीनले पनि ‘वेल्ट एन्ड रोड अवधारणा’ अन्तर्गत नेपालमा विभिन्न परियोजनाहरू शुरू गरेको छ । चिनियाँ ऋण र अनुदानमा काम भइरहेको छ ।

चीनको चाइना रेल्वे कन्सट्रक्सन करपोरेशन (सीआरसीसी) ले सिन्धुपाल्चोकमा सडक निर्माणको काम गरिरहेको छ । सडक निर्माणको काम गर्दा त्यहाँका घरहरू भत्किने र पहिरो जाने क्रम पनि बढेको छ ।

हालैमा त्यहाँका स्थानीय वासिन्दाले यसको विरोध गर्दै चिनियाँ कम्पनीसँग क्षतिपूर्ति माग गरेका छन् । चिनियाँ कम्पनीले सडक निर्माण गर्ने क्रममा त्यहाँको वातावरणमा क्षति पु¥याएको आरोप पनि स्थानीय वासिन्दाले लगाएका छन् ।

देशमा लगानी भित्रिनु र परियोजहरू निर्माण हुनु शुभसंकेत हो । उत्तरी छिमेकी चीनले पनि ‘वेल्ट एन्ड रोड अवधारणा’ अन्तर्गत नेपालमा विभिन्न परियोजनाहरू शुरू गरेको छ । चिनियाँ ऋण र अनुदानमा काम भइरहेको छ ।

नेपालले लगानी भित्र्याउँदा त्यसको भूरणनीतिक महत्व, जनताको भावना, यसको आर्थिक, सामाजिक पक्ष, ऋणको मात्रा र भुक्तानी विकल्पको सही मूल्यांकन गर्न आवश्यक छ ।

ऋणको उपयोग उचित ढङ्गले हुन सकेन भने श्रीलंकाले ऋण तिर्न नसक्दा आफ्नो महत्वपूर्ण बन्दरगाहा हम्बनटोटा चीनलाई सुम्पिनु परेको छ । कतै हाम्रो त्यस्तै दुर्दशा नहोस् !


भर्खर

0