पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न सकिँदैन : महासचिव पोखरेल | Khabarhub Khabarhub

पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न सकिँदैन : महासचिव पोखरेल


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव इश्वर पोखरेलले पार्टी एकताका लागि भन्दै अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सहमति जुट्न बाँकी विषयमा छिटै सहमति जुटाउन पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिएको भन्दै अब अनन्तकालसम्म पर्खेर बस्न नसक्ने बताएका हुन् ।

पार्टीलाई मिलाउन अधिकतम कोसिसमा आफूहरु रहेको र अधिकतम कोसिस गर्ने नाममा अनिश्चिताको स्थिति रहन नहुने उनले बताए ।

महासचिव पोखरेलले कार्यदलले सहमति गरेका १० बुँदे कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा नै आफूहरुको जोड रहेको धारणा राखे ।

त्यस्तै महासचिव पोखरेलले शनिबार पार्टीको स्थायी कमिटी बैठक बस्ने र बैठकले विधान अधिवेशन लगायत विषयमा निर्णय लिने जानकारी दिए ।

एमालेको विवाद समाधानका लागि गठित कार्यदलले असार २८ गते १० बुँदे सहमति गरेको थियो ।

उक्त सहमतिमा नेताहरुबीच नै मतभेद रहेपछि विवाद समाधान हुन सकेको छैन । यद्यपि नेताहरुले भने सहमतिका लागि अधिकतम प्रयास गर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ६ : ४५ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत