एक चौथाइ विकास बजेट खर्च एक महिनामै | Khabarhub Khabarhub

एक चौथाइ विकास बजेट खर्च एक महिनामै


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ–तनहुँमा असार महिनामा मात्रै संघ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा मात्रै खर्च भएको हो ।

उक्त आवका लागि विकास बजेटतर्फ रु तीन अर्ब ४४ करोड ४९ लाख ६७ हजार ६३९ विनियोजन गरिएकामा असारमा मात्रै रु ९२ करोड ६६ लाख ८३ हजार ९८७ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

त्यस्तै सोही अवधिमा चालूतर्फ ११.८२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु नौ अर्ब ५६ करोड १७ लाख ६४ हजार ९८ विनियोजन गरिएकामा असारमा रु एक अर्ब १३ करोड एक लाख ४६ हजार ५४७ खर्च भएको कोष नियन्त्रक विनोद भट्टराईले जानकारी दिए ।

यस्तै प्रदेश सरकारतर्फका कार्यालयले असारमा मात्रै ४१.३३ प्रतिशत पूँजीगत बजेट खर्च गरेका छन् । प्रदेश सरकारका तर्फबाट पूँजीगततर्फ रु दुई अर्ब ४० करोड ४८ लाख ४१ हजार ७२ विनियोजन गरिएकामा एकै महिनामा रु ९९ करोड ३८ लाख ३३ हजार ८५३ खर्च भएको कार्यालयले जनाएको छ । साथै सोही अवधिमा चालूतर्फ २२.७२ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु ९० करोड ६१ लाख एक हजार विनियोजन गरिएकामा रु २० करोड ५९ लाख १० हजार ८८७ खर्च भएको भट्टराईले बताए ।

‘असारमा रकम निकासा हुने भएकाले यो एकै महिनामा धेरै बजेट खर्च भएको जस्तो देखिन्छ’, उनले भने, ‘अन्तिम अन्तिम भएकाले पनि यो बेला धेरै काम हुने गरेको छ ।’

कूल बजेट खर्च ८५.०४ प्रतिशत
उक्त आवमा संघ र प्रदेशतर्फबाट विनियोजितमध्ये ८५.०४ प्रतिशत बजेट खर्च भएको छ । संघतर्फ ८३.१३ र प्रदेशतर्फ ९२.६७ प्रतिशत बजेट खर्च भएको हो । गत आर्थिक वर्ष २०७६÷७७ मा संघतर्फ ८७.३० प्रतिशत बजेट खर्च भएको थियो भने प्रदेशतर्फ ७५.३१ प्रतिशत बजेट खर्च भएको थियो । गत वर्षभन्दा संघतर्फ ४.२० प्रतिशत बजेट कम खर्च भएको छ भने प्रदेशतर्फ १७.३६ प्रतिशत बजेट बढी खर्च भएको तथ्यांकले देखाएको छ ।

संघतर्फ चालूतर्फ रु आठ अर्ब ७७ करोड ८५लाख ४६ हजार ७६६ र पूँजीगततर्फ रु दुई अर्ब तीन करोड २० लाख एक हजार १८४ बजेट खर्च भएको छ । प्रदेशतर्फ चालूतर्फ रु ८० करोड १२ लाख ६३ हजार ५५२ र पूँजीगततर्फ रु दुई अर्ब २६ करोड ६९ लाख ४२ हजार ४८८ खर्च भएको कार्यालयले जनाएको छ ।

राजस्व बढ्यो
जिल्लास्थित सरकारी कार्यालयले गत आवभन्दा यस अवधिमा राजस्व संकलन वृद्धि गरेका छन् । संघ र प्रदेशतर्फका कार्यालयले आव २०७७÷७८ मा राजस्व संकलन वृद्धि गरेका हुन् । यस वर्ष रु आठ अर्ब ५० करोड २६ लाख ६१ हजार राजस्व संकलन भएको छ । जिल्लामा आर्थिक वर्ष २०७६÷७७ मा रु सात अर्ब ३५ करोड दुई लाख ५६ हजार राजस्व संकलन भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  १ : ०० बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा