भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद | Khabarhub Khabarhub

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद


१५ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।

चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो ।

सुपप्र०१००१क १९०१ नंको ट्रकमा अवैधरूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

उनका अनुसार बरामद चिनीको मूल्य रु तीन लाख १८ हजार ५०० र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य रु छ लाख ८१ हजार गरी जम्मा रु नौ लाख ९९ हजार ५०० रहेको छ । चिनीसहितको मिनी ट्रक र चालक भरत विष्टलाई कानूनबमोजिम आवश्यक कारवाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैबीच प्रहरीले आज भीमदत्त नगरपालिका–१ भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनीसमेत बरामद गरेको छ ।

गुप्ताको गोदाममा छापा मारी प्रहरीले रु दुई लाख ७३ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो । बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७८, शुक्रबार  ११ : ०७ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा