कालीगण्डकी डाइभर्सन कार्यान्वयन नगर्न सर्वोच्चमा रिट दायर | Khabarhub Khabarhub

कालीगण्डकी डाइभर्सन कार्यान्वयन नगर्न सर्वोच्चमा रिट दायर


१६ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बुधबार अधिवक्ता तुलसीराम पोखरेलले रिट दायर गरेका हुन्। डाइभर्सनले समग्र गण्डकी प्रदेश र कालीगण्डकी जलाधार क्षेत्र राम्दीदेखि देवघाटसम्मका बासिन्दालाई दीर्घकालीन असर पर्ने भन्दै उनले रिट दायर गरेका हुन् ।

यही असार १२ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सन कार्यालयको उद्घाटन गरेका थिए। गण्डकी प्रदेशले उक्त आयोजनाको विरोध जनाउँदै आएको छ ।

प्रदेश सरकारसँग कुनै समन्वय नै नगरी शुरु गरिएको परियोजनाको सशक्त प्रतिकार गर्ने प्रदेश सरकारले जनाएको छ ।

यस्तो छ रिट निवेदन

यो पनि पढौँ

कालीगण्डकी डाइभर्सनविरुद्ध सर्वपक्षीय छलफल, परियोजना कार्यान्वयन हुन नदिने

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ७ : २३ बजे

आगलागी नियन्त्रणमा लिई तत्काल राहतको व्यवस्था गर्न सभापति देउवाको माग

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण गर्न

‘अर्थतन्त्र मिश्रित अवस्थामा छ’ : गभर्नर

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र

सहकारी प्रकरणमा धरौटी बुझाएर छुटे दीपेश, सुन तस्करीमा सीआईबीले अनुसन्धान थाल्ने

बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरणमा पक्राउ परेका नेकपा मा‌ओवादी

टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने 

काठमाडौं– प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठूल्दिदी’ निर्माण हुने भएको

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र