जसपा अध्यक्ष ठाकुरले फेरि मागे यादवसँग दोस्रो पटक स्पष्टीकरण | Khabarhub Khabarhub

जसपा अध्यक्ष ठाकुरले फेरि मागे यादवसँग दोस्रो पटक स्पष्टीकरण


१६ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग दोस्रो पटक स्पष्टीकरण मागेका छन् ।

शनिबार दोस्रो पटक विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ नदिए यादवलाई राजनीतिक दल सम्बन्धी एने, २०७३ र जनता समाजवादी पार्टीको आन्तरिक विधान २०७७ बमोजिम निष्कासन गरि कारबाही गर्ने चेतावनी दिएका छन्

यादवले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ ९१०, ९२०, ९३० र पार्टी विधानक विपरित काम गर्नुभएको विज्ञप्तिमा बताइएको छ ।

यता अध्यक्ष उपेन्द्र यादवले पनि महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार जना नेतासँग पनि दोस्रो पटक स्पष्टीकरण सध्नुभएको छ । यसअघि अध्यक्ष ठाकुरले जेठ ११ गते तीन दिनको समय दिएर पहिलो स्पष्टीकरण मागेका थिए ।

प्रकाशित मिति : १६ जेठ २०७८, आइतबार  ६ : ४० बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक