विज्ञहरू भन्छन् : उच्च प्रदूषणमा शिक्षण संस्था बन्द गर्नु सकारात्मक | Khabarhub Khabarhub

विज्ञहरू भन्छन् : उच्च प्रदूषणमा शिक्षण संस्था बन्द गर्नु सकारात्मक


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनस्वास्थ्यका विज्ञ तथा चिकित्सकहरूले प्रदूषणका कारण सरकारले शिक्षण संस्था बन्द गरेकोलाई सकारात्मक निर्णय भनेका छन् ।

विद्यालयमा पढ्ने बालकालिकाहरू ठूलो संख्यामा रहेको र उनीहरू प्रदूषणको उच्च जोखिममा हुने भएकाले केही दिन विद्यालय बन्द गर्नु उचित हुने उनीहरूको भनाइ छ ।

वायुमण्डलमा बढेको धुँवाधुलोले आँखा रातो हुने र पोल्ने, खोकी लाग्ने, घाँटी चिलाउने लगायतका समस्याहरू देखिने भएकाले विद्यालय बन्द गर्ने निर्णय राम्रो भएको जनस्वास्थ्यविद् डा. राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘यस्तो उच्च प्रदूषणले दीर्घकालमा फोक्सो र छालासम्बन्धी समस्याहरू सिर्जना गर्छ । दीर्घकालमा क्यान्सर जस्तो समस्या पनि निम्त्याउन सक्छ ।’

यस्तो खालको वायु प्रदूषणले विद्यालय उमेर समूहका साना बालबालिका र वृद्ध अवस्थाका व्यक्तिहरूलाई बढी असर गर्ने भएकाले उनीहरू उच्च जोखिमा रहेको डा. पाण्डेको भनाइ छ ।

प्रदूषणबाट नागरिकहरूलाई बचाउन सरकारले आपत्तकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न उनको सुझाब पनि छ ।

बालबालिका वायु प्रदूषणको उच्च जोखिममा हुने भएकाले उनीहरूलाई यस्तो समस्यबाट बचाउन उच्च प्रदूषण रहुन्जेल घरबाट बाहिर निस्कन नदिने, बाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गराउने लगायतका सजगता अपनाउनुपर्ने डा. पाण्डेले बताए ।

उनका अनुसार विगत वर्षहरूमा छिमेकी भारत र चीन लगायत कतिपय देशमा उच्च वायु प्रदूषको समस्या देखिने गरेको थियो । त्यस्तो अवस्थामा त्यहाँ पनि शैक्षिक संस्थाहरू बन्द गर्ने र सीमित संख्यामा यातायातका साधन सञ्चालन गर्ने जस्ता कदम चालिएका थिए ।

छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार धुलो र धुवाँका कणहरू श्वासनलीबाट प्रवेश गरेर फोक्सोको अन्तिम बिन्दुसम्म पुगेपछि एलर्जी हुने, आँखा पोल्ने, छाला चिलाउने, जस्ता समस्याहरू हुन सक्छ ।

उनले भने, ‘धुवाँधुलो नाकको प्वालबाट छिरेर गएपछि रुघा लाग्ने, मुखबाट प्रवेश गर्ने धुलोधुँवाका कणका खोकी लाग्ने र खकार आउने, लामो समय रुघा लागेपछि, छाती घ्यार घ्यार हुने जस्ता समस्या देखिन सक्छ, जुन तत्काल देखिने समस्या हुन् ।’

साना बालबालिका र वृद्ध अवस्थाका व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले उनीहरूमा संक्रमणको जोखिम उच्च रहने उनको भनाइ छ ।

बच्चाहरूमा भाइरल इन्फेक्सन भएर निमोनिया भयो वा फोक्सोमा दागहरू बस्यो भने बेला बेलामा संक्रमण भइरहने समस्या पनि आउन सक्ने डा. बलमे बताए । यसले दीर्घककालमा दमखोकीको समस्या हुन सक्छ ।

विश्व स्वास्थ्य सङ्गठन र विभिन्न अनुसन्धानले यस्तो खालको धुलो र धुवाँको असरले क्यान्सर गराउन सक्ने देखाएको उनले बताए ।

अहिलेको धुवाँधुलोमा कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, ओजोनलगायतका ग्यासहरू मिसिएकोले प्रदूषण लामो समय रहे भने दीर्घकालमा फोक्सोको क्यान्सर देखिन सक्ने डा. बमले बताए ।

केही दिनदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणका कारण सरकारले चार दिन सबै शिक्षण संस्था बन्द गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा सोमबार भएको आकस्मिक बैठकले आगामी चैत २० गते शुक्रबारसम्म शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो ।

वायु प्रदूषण हट्न अझै केही दिन लाग्ने भएकाले विद्यार्थीको स्वास्थ्यमा पर्ने असरलाई ध्यानमा राखेर शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शिक्षण संस्था बन्द गरे पनि परीक्षा चलिरहेको भए स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परीक्षा चालु राख्न भनेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म वायु प्रदूषण कायमै रहने जनाएको छ । मङ्गलबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने र देशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

आगामी तीन दिन देशभका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भई बाँकी केही ठाउँहरूमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहने पनि जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  २ : ४६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम