यसरी प्रयोग गरे औषधि समान बन्छ अदुवा | Khabarhub Khabarhub

यसरी प्रयोग गरे औषधि समान बन्छ अदुवा


१७ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हामीले भान्छामा अदुवाको प्रयोग गरेर हाम्रो खाना मिठो र स्वादिलो बनाउँछौँ । त्यसैमाथि अचार बनाउन तथा तरकारीमा हालेर हामी यसलाई खान्छौँ । तर, हामी कतिपयलाई अदुवा औषधिको रुपमा पनि प्रयोग गरिन्छ भनेर थाहा नहुन सक्छ ।

यस्ता छन् अदुवाका गुण

– खाना खानुअघि एक टुक्रा अदुवामा सिधेनून अथवा अरु नै नून मिलाएर खाएमा अरुचि रोग हुँदैन । जसले गला जिब्रो सफा हुन्छ । भोक बढाउँछ ,पेटमा पाचन रस बनाउँछ , पखाला तथा दिशा सम्बन्धी केही रोग भए ठीक हुन्छ । खाना खाए पश्चात् एक टुक्रा अदुवा खाने गरे रोग लाग्न दिँदैन ।

– अदुवाको रसमा बराबर मौरीको मह मिलाएर खाएमा श्वास रोग, कफ बिकार, मन्दाग्नि, रुघा,अमन हुने, वातज अण्डवृद्धि र श्वास बढ्ने रोगमा लाभ हुन्छ ।

– कागतीको रसमा अदुवा मिलाएर खानाले पैत्तिक मन्दाग्निमा, सक्खरमा मिलाएर खानाले अजीर्णमा, पूरानो गुँड मिलाएर खानाले खोकीमा, शरीर सुनिएकोमा र जिउ चलाउने मिश्रीसँग मिलाएर खाएमा अथवा मह मिलाएर खानाले, कफ रुघामा तुलसीको रस, मह र मुजुरको प्वाँख डढाएको खरानी मिलाएर खानाले छाद्ने रोग सञ्चो गर्छ ।

दूध मिलाएर नाकबाट खुवाए टाउको दुख्नेमा, जुवानो अदुवाको रसमा पिँधेर शरीरमा घस्नाले बाथको पीडामा, क्रिफला र गुँड मिलाएर दिनाले सन्निपातमा, ज्वरो आएको रोगीको घाँटी घरघर गर्नेमा लाभ गर्छ ।

अदुवाको रस नाकबाट भित्र चुहाउनाले ज्वरोको मूर्छामा लाभ गर्छ । शरीरको गर्मी जति तातो गरी कानमा टप्काउनाले कान दुख्ने रोग जाती हुन्छ । अदुवा पिसेर हात खुट्टामा दल्नाले हातखुट्टा बाउँडिने समस्या पनि हराउँछ । यसको साथमा सिधेनुन मिलाएर खाने गरे राम्रो गर्छ ।

कुन अवस्थामा प्रयोग नगर्ने अदुवा

चिकित्सकहरूका अनुसार पाण्डुरोग, हातखुट्टा, पायल्स, नङ, आँखा पहेँलो हुने रोग, जन्डीस , मूत्रकृच्छ, पिसाब पोल्ने रोकीने, ज्वरोमा शरीर पोल्ने, पित्त प्रकृतिवालालाई यसले हानी गर्छ ।

यस्तो समस्याले हुनेले अदुवा खान हुँदैन । तर, सिधेनुन र ज्यामीर कागतीको रससँग मिलाएर खान सकिन्छ भन्ने धन्वन्तरिको भनाइ छ ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार  ५ : ४५ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा