स्पेनका सभामुखको टोलीद्वारा दरबार स्क्वायर क्षेत्रको अवलोकन | Khabarhub Khabarhub

स्पेनका सभामुखको टोलीद्वारा दरबार स्क्वायर क्षेत्रको अवलोकन


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल भ्रमणमा रहेका स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वको २४ सदस्यीय टोलीले भक्तपुर नगर क्षेत्रको स्थलगत अवलोकन गरेको छ । वाग्मती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनीहरु बिहीबार साँझ विश्वसम्पदा सूचिकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन गरेका हुन् ।

उनीहरुले भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र प्रदेश सभासद् सुरेन्द्ररान गोसाईले दरबार क्षेत्रको प्रवेशद्धारमा स्वागत गरेका थिए । नगरपालिकाको टोलीले उनीहरुलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा, परम्परागत थैली र जुजु धौं प्रदान गरी स्वागत गरेका हुन् ।

भ्रमणका क्रममा स्पेनको संसदीय दलका सभामुख ब्लान्का मार्टिन डेल्गाडो सम्मिलित प्रतिनिधिमण्डलले भक्तपुरका सांस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक सम्पदाको अभिरुचिपूर्वक अवलोकन गरेका छन् । नगर प्रमुख प्रजापतिले बागमती प्रदेशसभाका सभामुख, उपसभामुख र भक्तपुर जिल्लाका माननीय सांसद र स्पेनिस संसदीय प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्रमा अवस्थित सो क्षेत्रको अवलोकन गराएका थिए ।

भ्रमण टोलीले भक्तपुर दरबार क्षेत्रमा अवस्थित राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याल दरबार, सिद्धिलक्ष्मी मन्दिर, यक्षेश्वर महादेव मन्दिर, सिलु महादेव मन्दिर र चर्तुब्रम्ह महाविहार अवलोकन गर्दै टौमढी क्षेत्रको पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको स्थलगत अवलोकन गरे।

प्रमुख प्रजापतिले सभामुख डेल्गाडोसहितको प्रतिनिधिमण्डल टोलीलाई ‘मयुरको झ्याल’ र नगरपालिकाका प्रकाशनहरु मायाको चिनो उपहार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ७ : ५९ बजे

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर

काठमाडौं– हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेटर सार्वजनिक गरिएको

सुदूरपश्चिममा आयातित औलोका बिरामी बढी

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा स्थानीयको तुलनामा आयातित औलोका बिरामीको सङ्ख्या निकै

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री 

मोरङ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक