संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक जारी | Khabarhub Khabarhub

संसदीय दलको नेता चयन गर्न एकीकृत समाजवादी संसदीय दलको बैठक जारी


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले आइतबार संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयन गर्न  संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

माधवकुमार नेपालको नेतृत्वमा रहेको सो दलमा २२ जना प्रतिनिधिसभाका सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन् भने थप ३ जनाले पनि समाजवादीमा रहने निर्णय लिएका छन् । यस्तै राष्ट्रिय सभामा ७ जना सांसद छन् ।

यो बैठकले संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका पदाधिकारीबारे निर्णय गर्ने छ । यस्तै सरकारमा सहभागी हुने विषयमा पनि बैठकमा छलफल भएको छ । एमाले विभाजन गरेर बनेको समाजवादीको आइतबार पहिलो बैठक बसेको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १२ : ५३ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा