मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल | Khabarhub Khabarhub

मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालसँग छलफल


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका छन् । मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ गठबन्धनका दलहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल भएको छ ।

सोमबारसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने देउवाको तयारी रहेको बालुवाटार निकट स्रोतले बताएको छ । सत्तारुढ गठबन्धन दलहरुबीच मन्त्रालयको संख्याबारे मोटामोटी सहमित भए पनि कुन मन्त्रालय भन्ने विषयमा भागबण्डा नमिलेकाले आइतबारको यो बैठकले मन्त्रालयसमेत टुंगो लगाउने जनाइएको छ । मन्त्रालयले टुंगो लागेपछि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुनेछ । गठबन्धनबीच काँग्रेसबाट ७ , माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट ६–६ मन्त्री बनाउने टुंगो भएको छ ।

गत जेठ २९ मा प्रधानमन्त्री बनेका देउवाले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । सत्ता सहयात्री माधवकुमार नेपालको समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । अब माधवकुमार नेपालले एमालेले विभाजन गरेर एकीकृत समाजवादीको प्रमाण पत्रसमेत पाइसकेकाले मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवा सक्रिए भएका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १२ : २३ बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति