इन्टरनेट भए पो अनलाइनमा पढ्नु ! | Khabarhub Khabarhub

इन्टरनेट भए पो अनलाइनमा पढ्नु !



नवलपुर– पूर्वी नवलपरासीको देवचुली नगरपालिका, कीर्तिपुरस्थित नेपाल राष्ट्रिय शारदा माविका विद्यार्थीहरूको पठनपाठन गत वर्ष झन्डै चार महिना ठप्प भयो ।

शैक्षिक सत्रको अन्तिमतिर विद्यालय सञ्चालन भएकाले पाठ्यक्रमअनुसार पढाइ पूरा भएन । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउने काम भयो ।

यो वर्षको नयाँ शैक्षिक सत्र शुरू नहुँदै फेरि कोरोना संक्रमणको दोस्रो लहर फैलियो । फेरि पढाइ भौतिक उपस्थितिमा पठनपाठन बन्द भयो ।

जिल्लाका सबै गाउँमा इन्टरनेटको सुविधा छैन । देवचुलीको विरौटा, चुहार, नयाँछाप, ठूलोगाउँ लगायतका गाउँबाट शारदा स्कुलमा पढ्न आउने आउने झण्डै तीन सय जना विद्यार्थीहरूले अनलाइन कक्षा पढ्न पाएका छैनन् । गाउँमा इन्टरनेट छैन ।

गाउँमा इन्टरनेटको नहुँदा गत वर्षजस्तै यो वर्षको पढाइमा पनि असर परेको कक्षा ८ का विद्यार्थी नवीन पुलामी बताउँछन् । गाउँमा बिजुली पनि छैन । टेलिभजनबाट हुने कक्षा पनि पढ्ने अवसर नपाएको विद्यार्थीहरूको गुनासो छ ।

टेलिफोनबाट भर्ना अभियान

बुलिङटार र बौदिकाली नवलपुरका दुर्गम गाउँपालिका हुन् । बौदिकाली गाउँपालिकामा सात वटा माध्यमिक, ७ वटा आधारभूत र १९ वटा प्राथमिक विद्यालय छन् । इन्टरनेटको सुविधा छैन । अधिकांश गाउँहरूमा बिजुली पनि पुग्न सकेको छैन ।

नयाँ शैक्षिक सत्र शुरु भएपछि आएको बाढीले पुल बगाउँदा शिक्षकहरूलाई समेत विद्यालय आवतजावत गर्न समस्या भएको बौदिकाली गाउँपालिकाका शिक्षा अधिकृत हरिप्रसाद सिग्देलले बताए । उनका अनुसार भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभएपछि टेलिफोनबाट विद्यार्थी भर्ना अभियान कार्यक्रम चलाइएको छ ।

विद्यार्थीहरूको पठनपाठनमा लामो समयदेखि असर परेकाले वैकल्पिक शिक्षा सहजीकरणबारे छलफल चलेको छ । सम्भवतः आगामी साताबाट पठनपाठन सञ्चालन हुने उनको भनाइ छ ।

पहाडी गाउँपालिका बुलिङटारको समस्या पनि उस्तै छ । सरकारले वैकल्पिक शिक्षाबाट पठनपाठन गर्न निर्देशन जारी गरे पनि यहाँका दुई दर्जन बढी विद्यालयमा कुनै पनि किसिमको पढाइ भएको छैन, भौतिक न वैकल्पिक ।

अनलाइनमा ठूला कक्षामात्रै

दुर्गम ठाउँहरूमा मात्र होइन, सुगम भनिएका ठाउँहरूमा पनि प्राथमिक तहका बालबालिकाहरूले पढ्न पाएका छैनन् । वैकल्पिक शिक्षामा उनीहरूको पहुँचमा छैन ।

संस्थागत विद्यालयहरूले प्राथमिक तहका बालबालिकालाई पनि अनलाइनबाट गरेका छन् । अधिकांश सामुदायिक विद्यालयहरूले भने अनलाइनमा पढाउन सकेका छैनन् ।

केही दिनयता कोरोना संक्रमणको तेस्रो लहरको चर्चा हुन थालेपछि अझै लामै समय विद्यालय नखुल्ने अनुमान हुन थालेको छ । पूर्वी नवलपरासीमा ३१४ वटा सामुदायिक विद्यालय र ९३ वटा संस्थागत विद्यालय छन् ।

अनलाइनबाट पढाइ सञ्चालन गर्न सम्भव नभएका विद्यालयका शिक्षहकरुले विद्यार्थीहरूको घरमै गृहकार्य दिने गरेको गैंडाकोट नगरपालिकाका शिक्षा शाखा अधिकृत मोतीप्रसाद रिजालले बताए ।

अंग्रेजी माध्याममा पढाउने विद्यालयहरूको सङ्गठन ‘इम्बक्स’ ले हालै दुई महिने गृहकार्य तयार गरेको छ । वैकल्पिक विधिबाट पठनपाठन हुन नसकेपछि ती विद्यालयहरूले शुल्क लिएर दुई महिने ‘होम आसाइनमेन्ट’ वितरण गर्न शुरु गरेको छ ।

विद्यालय नखुल्दै बर्खे बिदा !

कोरोना संक्रमणको जोखिमका कारण भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएपछि लाखौं बालबालिकाहरू विद्यालय जानबाट वञ्चित छन् ।

संघीयता कार्यान्वयन भएपछि साविक ‘जिल्ला शिक्षा कार्यालय’ लाई ‘शिक्षा समन्वय इकाई’ मा रुपान्तरण गरेर स्थानीय तहलाई अधिकार हन्तान्तरण भएको छ । स्थानीय तहको शिक्षा शाखाले नै विद्यालय सम्बन्धमा निर्णय गर्न पाउने भएकाले केही अनौठो निर्णयहरू पनि गर्न थालेका छन् ।

वैकल्पिक विधिबाट समेत पढाइ हुन नसकेका बेला देवचुली नगरपालिकाले १० दिन बर्खे विदा दियो । विद्यालय नखुलेको समयमा बर्खे बिदा भन्नुको अर्थ नहुने अभिभावकहरू बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ४ : ०२ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम