धान दिवसमा किसानसँग रमाए कलाकार | Khabarhub Khabarhub

धान दिवसमा किसानसँग रमाए कलाकार


१५ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धान दिवसको अवसर पारेर मंगलबार केही कलाकारले खेतमा धान रोप्दै धान दिवस मनाएका छन् । दही चिउरा खाने दिनका रुपमा समेत लोकप्रिय असार १५ लाई कलाकारहरुले खेतमै पुगी किसानहरुसँग मनाए ।

अभिनेत्रीद्वय दीपाश्री निरौला, स्वस्तिमा खड्का र फेसन डिजाइनर सुरवीन वान्तवाले धान रोप्दै बाउसे लगाए । दीपाश्रीले धान रोप्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् ।

‘मेरो लालाहरुसँग खेतमा मस्ती । यो पो हो हाम्रो दोस्ती । राष्ट्रिय धान दिवसको शुभकामना’, दीपाश्रीले लेखेकी छन् ।

त्यस्तै गायिका सुनिता दुलालले पनि धान रोपेकी छन् । उनले सामाजिक सञ्जालमा कवितात्मक शैलीमा क्याप्सन लेख्दै धान रोपेको फोटो पोस्ट गरेकी छ्न ।

‘छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौंला, बनाई कुलो लगाई पानी आएर गोडौंला,’ उनले लेखेकी छन्, ‘दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् ।’

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ६ : ५० बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै