औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन « Khabarhub
Logo
१० असार २०७८, बिहीबार

औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन



काठमाडौँ– सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् ।

औषधिको मूल्य र गुणस्तरमा निरन्तर अनुगमन गरिने उनले बताए ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिसभा नभएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो ।


भर्खर

0