कोभिड–१९ अस्पताललाई राउण्ड टेबल नेपालबाट २५ लाखको उपकरण सहयोग | Khabarhub Khabarhub

कोभिड–१९ अस्पताललाई राउण्ड टेबल नेपालबाट २५ लाखको उपकरण सहयोग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ ले सिर्जना गरेको यस विषम परिस्थितिमा समाजमा निस्वार्थ सहयोग गर्ने उद्येश्यका साथ राउण्ड टेबल नेपालले ‘प्रोजेक्ट लाइफ लाइन’ सुरु गरेको छ ।

जस अन्तर्गत विभिन्न अस्पतालहरुमा कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीहरुको उपचारका निम्ति अपरिहार्य रुपमा चाहिने BiPaP र HFNC जस्ता जीवन उपयोगी उपकरणहरु निशुल्क वितरण गरेको छ ।

यसले आर्थिक अवस्था कमजोर भएका कोभिड–१९ का बिरामीहरुलाई धेरै सहयोग पुग्ने विश्वाश राउण्ड टेबल नेपालले लिएको छ। BiPaP भेण्टिलेशन, थेरापीको एउटा प्रकार हो जसले कोभिड–१९ बाट संक्रमित गम्भीर बिरामीहरुलाई सास फेर्न सहज बनाउछ।

वर्तमान अवस्थामा यस उपकरणको चरम अभावले दैनिक दर्जनौ मानिसहरु मृत्युसंग लडी रहेका छन।

यी उपकरणहरुलाइ देशका सबै जसो अस्पतालको अवस्था बुझी चरम अभाव र आवस्यकता भएका ठाउँहरुमा वितरण गरिएको हो।

साथै राउण्ड टेबल नेपालले यसै प्रोजेक्ट अन्तर्गत राउण्ड टेबल नेपाल बैंकको पनि सुरुवात गरेको छ जस अनुसार BiPaP उपकरणहरु आवस्यकता परेका अस्पतालमा निश्चित अवधिका लागि निशुल्क उपलब्ध गराइने छ र महामारी को अन्त्य पश्चात ति उपकरणहरु फिर्ता लिएर दुर्गम छेत्रका अस्पतालहरुमा वितरण गरिने छ।

यो प्रोजेक्ट केवल एक हप्ता अगाडी सुरुवात गरिएको हो र यस अन्तर्गत राउण्ड टेबल नेपालले २५ वटा उपकरण वितरण गरिसकेको छ जसको सरदर मूल्य २५ लाख रुपैयाँ रहेको छ। वितरण गरिएका अस्पताल र उपकरण संख्या निम्न बमोजिम रहेका छन ।

BiPaP उपकरण वितरण गरिएका:

१। दुनै जिल्ला अस्पताल, डोल्पा – १
२। गमगढी जिल्ला अस्पताल, मुगु – १
३। कालिकोट जिल्ला अस्पताल – १
४। हुम्ला जिल्ला अस्पताल – १
५। जाजरकोट जिल्ला अस्पताल – १
६। भीमा अस्पताल, भैरहवा – १
७। सिद्धार्थ महिला तथा बालबालिका अस्पताल, बुटवल – २
८। पाटन अस्पताल – २
९। सेती प्रदेशीय अस्पताल, धनगढी – २

BiPaP उपकरण निशुल्क भाडा मा दिइएका:

१। सशस्त्र प्रहरी बल अस्पताल – ५
२। नेपाल प्रहरी अस्पताल – ५
३। जे एंड जे क्लिनिक – १
४। बिर अस्पताल – २

सो उपकरणहरु खरिद र वितरणका लागि लागेको सबै रकम राउण्ड टेबल नेपालकै सदस्यहरुबाट उठाइएको हो र “प्रोजेक्ट लाइफ लाइन” अन्तर्गत कम्ति मा पनि ५० उपकरण देश भर का अस्पताल मा वितरण गर्ने लक्ष्य राउण्ड टेबल नेपालले लिएको छ।

राउण्ड टेबल नेपाल एउटा गैर राजनीतिक संस्था हो जो आपसी सहकार्य को मध्यम बाट समाज रुपान्तरण गर्न तत्पर रहदै आएको छ। राउण्ड टेबल नेपाल एउटा अन्तरष्ट्रिय गैर नाफामुलक मंच हो जहाँ सफल युवा पेसाकर्मी र ब्यबसायीहरु आपसी सहकार्य र अन्तरक्रिया मार्फत व्यक्तिगत र ब्यबसायिक उत्थानका निम्ति अवसर प्राप्त गर्छन। सफल युवाहरुको सहकार्यबाट नै यो संस्था ले समाज रुपान्तरण र सेवा मा दशकौ देखि काम पनि गर्दै आएको छ। सन् १९८९ मा स्थापना भएको यस संस्थाले परिस्थिति र आवश्यकतालाई मध्यनजर गर्दै बुनेका कयौ समाज सेवा का योजनाहरुलाइ सफलताका साथ सम्पन्न गरेको छ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  १२ : १३ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम