भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कार आरोपी | Khabarhub Khabarhub

भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य अभियुक्त बलात्कार आरोपी


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेस्थित भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने मुख्य आरोपी नेकपा (एमाले) कै अगुवा कार्यकर्ता बलात्कार आरोपी रहेको खुलेको छ ।

कोरोना संक्रमणका कारण उपचाररत विरामीको मत्युभएपछि चिकित्सकमाथि आक्रमण गरेको आरोपमा प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्ता दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावत मध्य मानवहादुर बलात्कार आरोपी रहेको खुलेको हो ।

प्रहरीका अनुसार एमाले दाङको जिल्ला समितिको सचिवालय सदस्यसमेत रहेका मानबहादुरको नेतृत्वको टिमले बिहीबार राति भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेका थिए ।

दाङको तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका मानबहादुर यसअघि बलात्कार मुद्दामा जेल परेका थिए । २०६६ मा देउखुरीकी एक महिलालाई बलात्कार गरेको मुद्दामा डेढ वर्ष सजाय काटेर उनी जेलमुक्त भएको प्रहरीको रेकर्डबाट देखिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ९ : ४० बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड