महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


१५ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सन् १९४० तिर अँग्रेजविरुद्ध महात्मा गान्धीको नेतृत्वमा आन्दोलन भइरहेको थियो ।

यसै सिलसिलामा सुभाषचन्द्र बोस र महात्मा गान्धी सेवाग्राम भन्ने स्थानमा गएका थिए । त्यहाँ गान्धीले सुभाषचन्द्र बोसलाई भने— तपाईंको निर्देशनमा जनताले आन्दोलन छेडिरहेका छन् । तपाईं सङ्घर्षमा निखारिनुभएको छ ।

देशप्रेम र भारतलाई स्वतन्त्र बनाउने तपाईंको सङ्कल्प अद्वितीय छ । तपाईंको व्यवहार पारदर्शी छ । आत्मबलिदान र कष्ट सहने क्षमता तपाईंमा छ । यी सबै गुणको सही उपयोग समयमै होस् भन्ने म चाहन्छु ।

बोसले भने— अँग्रेजसँग यो युद्धमा जित होस् या हार, उनीहरुको शक्ति कमजोर हुने चाहिँ पक्का छ । अब भारतलाई पहिलेको जस्तो तरिकाले व्यवस्थापन गरेर अगाडि बढ्ने सामर्थ्य अँग्रेजमा छैन । एक दिन अवश्य पनि उनीहरुले बाध्य भएर यसलाई स्वतन्त्र भारतका रुपमा स्वीकार्नेछन् ।

गान्धीजी भने कुनै पनि दृष्टिले यो समयमा आन्दोलन रोक्नु हुँदैन । धैर्य गरेर अगाडि बढ्नुपर्छ । त्यो समय अवश्य आउँछ ।

बोसले भने— बापु, यदि तपाईंले ललकार्नुभयो भने सारा देशवासी तपाईंको पछि लाग्नेछन् ।

गान्धी आफ्नो अडानमा कायम रहे । चाहे विश्व नै तयार किन नहोस्, तैपनि मैले त्यो काम गर्नुहुन्न । जसका लागि उपयुक्त समय नै भएको छैन ।

गान्धीको कुरा सुनेर बोस विक्षिप्त बने— त्यसो भए कमसे कम स्वतन्त्रताको आन्दोलन छेड्नका लागि आशीर्वाद त दिनुहोस् ।

गान्धीले भने— तपाईंका लागि मेरो आशीर्वाद आवश्यक छैन । तपाईंसँग राजनेताको गुण विद्यमान छ ।

यदि तपाईंको भित्री आत्माले शत्रुमाथि जाइलाग्ने समय भएको ठहर्‍याउँछ भने अगाडि बढ्नु र भरपुर चेष्टा गर्नुपर्छ । तपाईं सफल हुनुभयो भने तपाईंको अभिनन्दनमा सबैभन्दा अगाडि मै हुनेछु ।

साभार  : महान् व्यक्तिका प्रेरक प्रसङ्हरुपुस्तकबाट

प्रकाशित मिति : १५ जेठ २०७८, शनिबार  ५ : १३ बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी