उप–प्रधानमन्त्रीसँग धुर्मुसले भने,‘रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं’ | Khabarhub Khabarhub

उप–प्रधानमन्त्रीसँग धुर्मुसले भने,‘रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं’


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका अभियन्ता तथा धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले उप–प्रधानमन्त्री इश्वर पोखरेलसँग भेट गर्दै रंगशालाको निर्माणमा भोगेको पीडा सुनाएका छन् ।

उनले आफूहरु टुहुरो जस्तै भएको बेला सरकारले चासो दिएपछि बल्ल सरकार भएको अनुभव गरेको बताएका छन् ।

‘म राज्यलाई सघाउने अभियन्ता हुँ । टुहुराजस्तो भएको बेला आफैंले बोलाएर तपाईंले चासो लिनुभएकोमा धन्यवाद’, उप–प्रधानमन्त्रीसँग कट्टेलले भने, ‘बल्ल सरकार र राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । रंगशाला निर्माणका लागि धेरैपटक बुढाबुढी रोएका छौं ।’

उप–प्रधानमन्त्री पोखरेलले धुर्मुस–सुन्तली जोडीले अनुकरणीय काम गरेकाले काममा आउने चुनौती र त्यसमा उठेका प्रश्नको जवाफ कामले दिनुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेर रंगशालाका लागि थप के सहयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने खुलाए ।

सीतारामले अहिलेसम्म विभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी दिए । रकमको जोहो भएमा धेरैमा एक वर्षसम्म रंगशाला तयार हुने बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ७ : ४१ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार