झापाको दमकमा शंकास्पद वस्तु फेला | Khabarhub Khabarhub

झापाको दमकमा शंकास्पद वस्तु फेला


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा— पूर्वपश्चिम राजमार्गको दमक– ९ स्थित चियादोकान नजिकैको भित्री सडकमा शंकास्पद वस्तु फेला पर्दा केहीबेर जनजिवन त्रासमय बनेको छ ।

एउटा टिनको बट्टामा तार बाधेर सडकमा फालिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि दमक प्रहरीले सेनाको सहयोगमा निस्क्रिय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले जानकारी दिए । शंकास्पद वस्तुलाई तोपागाछीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ९ बजे निस्क्रिय बनाएको हो ।

बिहानै शंकास्पद वस्तु देखिएपछि त्यस आसपासका बासिन्दाहरू त्रसित भएका थिए । फेला परेको शंकास्पद वस्तुमा नेकपा विद्रोही समूहको पर्चा टासिएको र अमेरिकी सहयोग एमसीसीको विरोध गरिएको उल्लेख छ ।

प्रहरीले बम भनेर त्रसित बनाउने समूहको खोजी कार्य भईरहेको प्रनाउ कार्कीले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ३ : ४५ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त