पूर्व रानी कोमल शाह आइसीयूमा | Khabarhub Khabarhub

पूर्व रानी कोमल शाह आइसीयूमा


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— कोरोना संक्रमित पूर्व रानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार भइरहेको छ ।

श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उनलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ ।

उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  १ : १५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम