च्याम्पियन्स लिग : सिटीसँग पीएसजी पराजित | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : सिटीसँग पीएसजी पराजित


१६ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

बुधबार राति भएको खेलमा प्रिमियर लिग क्लब सिटीले पीएसजीलाई उसकै घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

घरेलु मैदानमा फ्रान्सेली क्लब पीएसजीले १५औँ मिनेटमा मार्कुन्होसको गोलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन ।

६४औँ मिनेटमा ब्रुईनले पाहुना टोलीका लागि बराबरी गोल फर्काएका । त्यसको ७ मिनेटपछि रियाद महरेजले गोल गर्दै सिटीलाई जित दिलाए । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले गोल गरेका हुन् ।

पहिलो लेगमा प्राप्त जितसंगै सिटी सेमिफाईनलमा बलियो बनेको छ । घरेलु मैदानमा पहिलो लेगमै पराजित बनेपछि पीएसजीलाई दोस्रो लेगमा थप दबाब बढेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार  ५ : ५६ बजे

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं- मलेसियाको सुपर वुमन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु

जनकपुर– धनुषामा सडक दुर्घटनामा परी आज एक जना पत्रकारको मृत्यु

काभ्रेको कुतालमा छ्योर्तेन निर्माण

धुलिखेल– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण

पठन-लेखन संस्कृति बढाउन कर्णालीमा ‘संस्कृति उत्सव’

कर्णालीमा पहिलो चरणको ‘संस्कृतिको उत्सव’ सुरू भएको छ । ‘खसभूमि

‘लगानी सम्मेलन अवसरको नयाँ ढोका, सरकारको उधारो प्रतिबद्धता चल्दैन’

सरकारले यही वैशाख १६ र १७ मा गर्न लागेको चौथो