गरिबी, कम्युनिस्ट र भ्रष्टाचारको साइनो | Khabarhub Khabarhub

गरिबी, कम्युनिस्ट र भ्रष्टाचारको साइनो



विश्वमा अशान्ति र गरिबीको दलदलमा फसेका मुलुकमध्ये एक हो अफगानिस्तान । कुनै बेला यहाँ कम्युनिस्टको जगजगी थियो । कम्युनिस्टको उदय भएपछि त्यसबाट रूपान्तरित भएर विभिन्न इस्लामिक सङ्गठनहरू तयार हुँदै गए ।

सोभियत कम्युनिस्टको बलमा सन् १९७८ देखि १९९२ सम्म अफगानी जनताले वामपन्थी सरकार र त्यसको प्रभुत्वबाट ठूलो उतारचढाव व्यहोरे ।

भारत र तत्कालीन सोभियत संघको आउजाउ गर्ने बाटोमा रहेको अफगानिस्तान कम्युनिस्टको थिचाइबाट माथि नउठ्दै त्यहाँ इस्लामिक आतंकवादको जन्म भइसकेको थियो ।

सन् १९९० को दशकसम्म कम्युनिस्टको सेल्टर थियो अफगानिस्तान । यहाँका जनता औधी ‘क्रान्तिकारी’ थिए । बदलाको भावनाले ओतप्रोत अफगानीहरू हिंस्रक बन्दै जाने स्वभावका थिए । फलस्वरूप, अहिलेसम्म यो मुलुक आतंकवादको चरम चपेटामा छ ।

यो भूपरिबेष्ठित देशमा यति चरम गरिबी छ कि, यहाँका हरेक ५ जना बालबालिकामा २ जनाको कुपोषणले मृत्यु हुने गरेको तथ्यांक छ । कुल ३ करोड २५ लाख जनसंख्याको आधा हिस्सा कुनै न कुनै आतंकवादको चपेटामा छ । त्यसैले यहाँका सम्भ्रान्त मानिसहरू विकसित देशमा पलायन भएका छन् ।

अहिले यहाँ दुईथरी जनतामात्र बस्छन् । पहिलो, पहुँचवाला र दोस्रो विपन्न । विवशताले बस्नेहरूमाथि पहुँचवालाको आतंकले अफगानिस्तान अहिलेसम्म गरिबीको खाडलबाट माथि उठ्न सकेको छैन ।

ल्याटिन अमेरिकी मुलुक क्युवामा सन् १९६५ देखिको कम्युनिस्ट शासन अझै जीवित छ । माक्र्सवाद लेनिनवादको सोसल रिपब्लिक पार्टीबाट सरकार चलाएको क्युवाली शासन जनताको गरिबीको मुख्य कारण बनिरहेको छ । कुनै बेला स्पेनिसको उपनिवेशमा चलेको यो देशमा जब कम्युनिस्टको उदय भयो तब यहाँ जनताका अधिकारहरू खोसिँदै गए ।

संसारमा खुला भ्रष्टाचार हुने मध्येको एक हो क्युवा । कुपोषण, अशिक्षा र अशान्तिको पीडा भोगेको क्युवामा पछिल्ला वर्षहरूमा केही सुधार देखिएको छ ।

अन्य अमेरिकी देशको तुलनामा यहाँको मानवअधिकार र जीविकाको अवस्था निकै कमजोर छ । कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर झण्डै ४९ वर्ष कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोले एकाधिकार शासन चलाए । उनको शासनभरि क्युवाले चरम गरिबी र अशान्ति ब्यहो¥यो ।

कम्युनिस्ट, भ्रष्टाचार र गरिबी

सन् १६०० सम्म विश्वभर राजाहरूको शासन थियो । संसारलाई सामाजिक न्यायको सिद्धान्तमा बस्ने वातावरण राजाहरूले बनाएका थिए ।

सन् १६०० पछि विश्वका समुदायमा युद्ध चर्कियो । राजाहरूविरुद्ध एक देशपछि अर्को हुँदै आन्दोलनहरू चर्किए । रुसका जारशाहदेखि चीन र भारतका विभिन्न रजौटाहरू विरुद्ध आवाज उठ्न थाल्यो । जर्मनी, फ्रान्स, पोर्चुगल, स्पेन र बेलायत सबैतिर यस्तो आवाजले पकड जमाइसकेको थियो ।

यही ताका धेरै देशका राजाले धमाधम गद्धी छाडे । चीनमा पहिलो गणतान्त्रिक राष्ट्रपति सन्यात सेनको उदय त भयो तर कम्युनिष्टहरूले उनको पार्टी नै विलीन बनाइदिए ।

सोभियत संघ विघटनसँगै विश्वका कम्युनिस्ट सत्ताहरू भत्किन पुगे । सही नेतृत्व र विचार विकास गर्न नसक्दा कम्युनिस्टहरू आदर्शबाट च्युत भए । कम्युनिस्ट सत्ता पतन भएका देश विकास र समृद्धितर्फ अघि बढ्न थाले ।

सन् १९२३ सम्म सन्यात सेनको पार्टीलाई कम्युनिस्टले प्रतिबन्ध लगाइदियो । चीनमा राजाको शासन अन्त्य गराउन सन्यात सेनको भूमिका अब्बल छ । सन् १८२० देखि माओत्से तुङको उदयपछि अन्य प्रजातान्त्रिक पार्टीहरू हराउँदै गए ।

गणतन्त्र चीनमा अहिलेसम्म कम्युनिस्टले एकछत्र शासन चलाएको छ । भनिन्छ, चीनको उदय र विकास हुनुमा कम्युनिस्टको नभई सन्यात सेनको सामाजिक जग प्रमुख हो ।

पूर्वी एशियाका फिलिपिन्स, लाओस, कम्बोडिया, मङ्गोलिया, भियतनाम, थाइल्यान्ड, मलेशिया लगायतमा धमाधम राजाहरू फाल्दै कम्युनिस्टको उदय हुन थाल्यो ।

उता रुस र जर्मनी पनि कम्युनिस्ट देशमा रूपान्तरण हुँदै थिए । दक्षिण अमेरिका, अफ्रिका र दक्षिण एशियाभरि कम्युनिस्टको जग बसिसकेको थियो । यसरी, विश्वभर कम्युनिस्टले राजाहरू फाल्दै धमाधम शासन चलाउन थाले ।

सन् १७०० सम्म विश्वभर राजाहरूमा आएको बदलावले देशहरूबीच युद्ध हुन थाल्यो । युरोपका देशहरू आफैँभित्र भिड्न थाले । ठूला देशले सानालाई खर्लप्प निल्न थाले । युद्धले विश्वमा सन् १८०० को मध्यतिर अशान्ति मच्चायो ।

यही बेलाको विश्वमा कम्युनिस्ट उदयले आर्थिक अपचलन र अपराधका शृंखला चलाएको थियो । त्यो बेला, कम्युनिस्टको प्रभाव विश्वभरि फैलिन शुरू भइसकेको थियो । बीसौँ शताब्दीको अन्त्यसम्ममा विश्वभर कम्युनिष्ट राज चल्न थाल्यो ।

अहिले विश्वमा जम्मा ५ देशमा कम्युनिस्ट शासन छ । उत्तर कोरिया, लाओस, क्युवा, भियतनाम र चीन । आधा दर्जन देशमा प्रजातान्त्रिक शक्तिमा रूपान्तरित कम्युनिस्टको शासन छ । भेनेजुएला पनि यस्तै अर्ध कम्युनिस्ट मुलुक हो ।

जनताको शक्ति प्राप्त भएपछि सबैभन्दा भोगविलास र भ्रष्टाचार कम्युनिस्टले गर्छन् भन्ने उदाहरण उल्लेखित धेरै देशबाट पुष्टि भइसकेको छ । नेपालले अहिले यही ढोँगी कम्युनिष्ट प्रवृत्ति व्यहोरिरहेको छ ।

युद्धले विश्व तहसनहस भएपछि सन् १९४५ मा भ्रष्टाचार, युद्ध र अपराध नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघको जन्म भयो । धेरै कम्युनिस्ट नेताहरूमाथि भ्रष्टाचारमा मुद्दा चलाइए । उनीहरू युद्ध अपराधमा जाकिन थाले ।

यसको एक वर्षपछि अन्तर्राष्ट्रिय अदालत स्थापना भयो । अन्तर्राष्ट्रिय अदालत नेदरल्याण्डको हेग शहरमा राखियो । जुन देशहरूमा कम्युनिस्टको नामोनिशान थिएन, ती देश बिस्तारै समृद्धितर्फ अघि बढ्दै गए ।

कम्युनिस्ट भोगविलास र भ्रष्टाचार

कम्युनिस्ट नेताहरू बोल्न सिपालु हुन्छन् । मिठो बोल्छन् । पहिले पहिले कम्युनिष्टहरू साधारण पहिरन लगाउँथे र भन्ने गर्थे, ‘भड्किलो हुन हुँदैन ।’ उनीहरूको यो आवरणले निमुखा जनता तुरुन्त प्रभावमा परेर कम्युनिस्टका पछि लाग्थे ।

जनताको शक्ति प्राप्त भएपछि सबैभन्दा भोगविलास र भ्रष्टाचार कम्युनिस्टले गर्छन् भन्ने उदाहरण उल्लेखित धेरै देशबाट पुष्टि भइसकेको छ । नेपालले अहिले यही ढोँगी कम्युनिष्ट प्रवृत्ति व्यहोरिरहेको छ ।

भ्रष्टाचार र अपराधमा जेलिएका कम्बोडियाली नेता पोलपोटको ४० वर्षको कठोर कम्युनिस्ट शासन जनताले समाप्त पारिदिए । यो कम्युनिस्टको शासनभर २० लाख मानिसको हत्या भयो ।

देशको आधा जनसंख्या विस्थापित भयो । भ्रष्टाचार, रोगव्याधि र भोकमरी बढ्यो । धेरैलाई थाहा नहुन सक्छ, बीसौँ शताब्दीको मध्यतिर रुसी कम्युनिस्टको प्रभावमा अफगानिस्तान र धेरै मुस्लिम देशहरूमा कम्युनिस्ट राज थियो ।

रक्तपात र भ्रष्टाचारले अफगानिस्तामा आतंकवादी समूह जन्मायो । अहिलेसम्म ती देशहरूमा कम्युनिस्टले बसाएको भ्रष्टाचारको जगले जनतामा रुवाबासी छ ।

कम्युनिस्ट शासनबाट अपवादमा चीनबाहेक कुनै पनि  मुलुकको प्रगति हुन सकेन । रुस पनि सन् १९९१ मा कम्युनिस्ट शासन अन्त्यपछि खुला बजार अर्थनीति र अर्ध प्रजातान्त्रिक व्यवस्थाले बल्लतल्ल तङ्ग्रिन थालेको छ ।

यसरी कम्युनिस्टहरू शासनाधिकारी भएपछि भोगविलासमा समाहित हुन पुगेको इतिहासले प्रमाणित गरिसकेको छ । यही भोगविलासका लागि कम्युनिस्टहरूले आर्थिक संकलन तीव्र बनाउन थाले । यसैका निम्ति उनीहरू भ्रष्टाचार, घुसखोरी र दलाली प्रक्रियामा सामेल भए । अहिले नेपालका सत्ताधारी कम्युनिस्टमा पनि यस्तै प्रवृत्ति मौलाएको छ ।

नेपालमा पनि जनता भ्रममा थिए, कम्युनिस्टको जग उठाइदिए । इतिहासदेखि वर्तमानसम्ममा कम्युनिस्ट नेताहरूको भोगचलन र दिनचर्याले उनीहरूलाई कारबाहीको भागिदार बनाइदिएको छ ।

यहाँ कम्युनिस्टमात्रै भ्रष्टाचार गर्छन् र अरू सबै साधु छन् भन्न खोजेको होइन । जनताका आँखामा छारो हालेर कम्युनिस्टले देश कसरी लुट्छन् भन्ने देखाउन खोजेको मात्र हो ।

वि. सं. २००६ मा नेपालमा कम्युनिस्ट पार्टीको उदय भएपछि गरिबका छोराछोरी नेता बन्न थाले, खास गरी पहाडी र मधेशी समुदायका विपन्न परिवारका सदस्यहरू । उनीहरूले शासकका विरुद्ध आन्दोलनमात्र गरेनन्, समाजमा सांस्कृतिक विचलन पनि ल्याइदिए ।

जब कम्युनिस्ट नेता र समर्थकको टावर ठडिँदै जान्छ, तब जनताका घरका छानामा प्वाल परेर पानी चुहिन थाल्छ । हिजो विश्व कम्युनिस्टले जे जे अपराध गर्‍यो, आज नेपालको कम्युनिस्टले त्यही शैली पछ्याउन थालेको छ ।

यसरी, कम्युनिस्टहरू भोगविलासमा समाहित हुन पुगेको इतिहासले प्रमाणित गरिसकेको छ ।

 भनिन्छ, कम्युनिस्टको अब्बल गुण नै ढोँग हो । उनीहरू, कुरा मिठा गर्छन् । अर्तीउपदेश दिन्छन् । सरल व्यवहार गरे झैँ गर्छन् । उदाहरणका लागि हाम्रै वरिपरिको एक जना कम्युनिस्ट नेतालाई नियालौँ । पहिला ऊ साधारण कपडा लगाउँथ्यो । मिजासिलो र सरल लाग्थ्यो । आज उसको शरीरमा चम्किलो कोटपाइन्ट छ । विदेशमा बनेको जुत्ता लगाएको छ । राजधानीमा घर बनाएको छ । ठाउँठाउँमा घडेरी जोडेको छ । ठूलाठूला कम्पनीको हजारौँ कित्ता शेयर छ । महँगो कार चढ्छ र कारबाटै हात हल्लाउँछ ।

सोभियत संघको विघटनसँगै विश्वका कम्युनिस्ट पार्टी र जनवादी सत्ताहरू पनि भत्किन पुगे । सही नेतृत्व र विचार विकास गर्न नसक्दा कम्युनिस्टहरू आदर्शबाट च्युत हुन पुगे । अन्य कम्युनिस्ट देशहरू पूर्वीजर्मनी, सोभियत युनियन लगायतका देशले शीतयुद्धका समयमा ठूलो संघर्ष गरे पनि साम्यवादीहरूको पकड गुम्यो ।

जहाँ कम्युनिस्ट पतन भयो, ती देश विकास र समृद्धितर्फ अघि बढ्न थाले । जुन देशमा कम्युनिस्ट कायम रह्यो ती गरिबीमा जकडिए । नेपाल अहिले यही मार्गमा छ ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  १२ : ०१ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास