प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन « Khabarhub

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित ‘राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८’ गठनको प्रस्ताव पेश गरेका थिए । जसलाई प्रदेश सभाले पारित गरेको हो ।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह, जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन् ।

प्रदेश २ को नामाकरणका लागि यसअघि चार वटा नाम प्रस्ताव भएका छन् । बिहीबार प्रदेश सभाको दोस्रो बैठकमा विभिन्न दलहरू र सांसदका तर्फबाट चार वटा नामहरु प्रस्ताव भएका हुन् ।

जनता समाजवादी पार्टीका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए । लोसपाका सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन् ।

नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ । कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सो नाम प्रस्ताव गरेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन् । उनी पर्साका सांसद हुन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : ४६ बजे

पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द

मुस्ताङ – यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ

रौतहटमा बरफ फ्याक्ट्रीमा करेन्ट लागेर एकजनाको मृत्यु

रौतहट – रौतहट जिल्लाको बौधिमाई नगरपालिका–५ कोपवाको बरफ फ्याक्ट्रीमा तार

रेबिजविरुद्धको खोप अभावले सुदूरपश्चिममा समस्या

कञ्चनपुर – सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव हुँदा सेवाग्राही समस्यामा परेका

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम

साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनबाट बाहिरियो

गोवा – साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ