प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन « Khabarhub

प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको संयोजकत्वमा समिति गठन


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित ‘राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८’ गठनको प्रस्ताव पेश गरेका थिए । जसलाई प्रदेश सभाले पारित गरेको हो ।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह, जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन् ।

प्रदेश २ को नामाकरणका लागि यसअघि चार वटा नाम प्रस्ताव भएका छन् । बिहीबार प्रदेश सभाको दोस्रो बैठकमा विभिन्न दलहरू र सांसदका तर्फबाट चार वटा नामहरु प्रस्ताव भएका हुन् ।

जनता समाजवादी पार्टीका शैलेन्द्रकुमार यादव र माओवादी केन्द्रका अध्यक्ष भरत साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका थिए । लोसपाका सांसद रानी तिवारीले सो नाममा समर्थन गरेकी थिइन् ।

नेकपा एकीकृत समाजवादीले भने जानकी प्रदेश प्रस्ताव गरेको छ । कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले सो नाम प्रस्ताव गरेका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट शिवचन्द्र चौधरीले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले मध्यमधेश नाम प्रस्ताव गरेका छन् । उनी पर्साका सांसद हुन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ८ : ४६ बजे

‘कम्फर्ट जोन’ खोज्दै विष्णु पौडेल, अहिलेबाटै गर्दैछन् बाह्रौँ महाधिवेशनको पनि तयारी

काठमाडौं– एघारौँ महाधिवेशन संघारमा आइपुग्दा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु

कारको ठक्करबाट एकको मृत्यु, ट्राफिक प्रहरीसहित दुई जना घाइते

काठमाडौं– काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको

अर्धशतक बनाएका मार्क वाट आउट भएपछि कर्णालीको इनिङ धरापमा

काठमाडौं- पोखरा एभेन्जर्सले दिएको विशाल लक्ष्य पछ्याउने क्रममा अर्धशतक प्रहार

मार्कले प्रहार गरे अर्धशतक, एनपीएलमा उनको प्रदर्शन कस्तो छ ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

प्रभु बैंकमा सीआईबी पस्दा राष्ट्र बैंकको भूमिकामै प्रश्न, बैंकिङ क्षेत्र त्रसित

काठमाडौं– बैंकिङ कसुरको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले आइतबार प्रभु