नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय | Khabarhub Khabarhub

नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने क्यानडाली नागरिकलाई ३० वर्षको जेल सजाय


१२ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली युवतीलाई तस्करी गरेर केन्या पुर्‍याउने भारतीय मूलका क्यानडाली नागरिक असिफ अमिराली अलिभाई जेठालाई ३० वर्ष कैद सजायको फैसला सुनाएको छ।

केन्याको अदालतले उनलाई ३० वर्षको जेल सजाय सुनाएको केन्याको सञ्चार माध्यम https://www.mwakilishi.com ले जनाएको छ । उनलाई नेपाली युवती तस्करीमा दोषी ठहर गर्दै सजाय सुनाइएको हो ।

समाचार अनुसार उनीमाथि नेपाली युवतीको तस्करी र बेचबिखन गरेको तथा अरूको राहदानी नियन्त्रणमा लिएको आरोप लगाइएको थियो। सोही आरोपमा उनलाई ११ लाख केन्याली मुद्रा सिलिङ जरिवाना गरिएको छ।

सन् २०१९ मा स्थानीय प्रहरीले केन्याको मोम्बासास्थित रङ्गिला ग्रिल एन्ड बारमा छापा मारेर १२ जना नेपाली युवतीको उद्धार गरेर नेपाल फर्काएको थियो।

उद्धार गरिएकामा २ जना नेपाली युवतीको उमेर १६ र १७ वर्ष रहेको खुलेको थियो। ८ जना २२ र २६ बिचका थिए भने २ जना ३० वर्षका थिए।
नेपाली युवतीहरुलाई केन्या लगेर जबरजस्ती डान्स बारमा काम लगाएको खुलासा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गरेका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ५८ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम