मानिस डराउने भारत ५ रेल्वे स्टेशन | Khabarhub Khabarhub

मानिस डराउने भारत ५ रेल्वे स्टेशन


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीन्यूज– नेपालमा रेल यात्रा अझ सहज छैन । भएका रेल स्टेशन र रेलमार्ग पनि सुचारु भएको छैन । तर छिमेकी मुलक भारतमा भने ७ हजार बढि रेल स्टेशन छन् भने । १३ हजार बढि रेल छ । ती रेलमा दैनिक २ करोड २० लाख मानिसले यात्रा गर्दछन् ।

भारतका रेल स्टेशन कुनै राम्रा, कुनै औसत अनि कुनै अत्यन्त डरलाग्दा छन् । ती स्टेशन जानु यात्रुको बाध्यता भए पनि केहिबेर त्यहा बिताउने बितिकै उनीहरु डराउँछन् । र साँझ नपर्दै ति स्टेशनमा कोहि भेटिदैन । भारतका यिनै डरलाग्दा रेल्वे स्टेशनका बारेमा जानौं ।

भारतको उत्तर प्रदेशको प्रयागराजमा स्थित नैनी जक्शन रेल्वे स्टेशन डरलाग्दो स्टेशन मानिन्छ । नजिकै रहेको नैनी जेलमा कुनैबेला भारतको स्वतन्त्रताकालागि योगदान दिने स्वतन्त्रता सेनानीलाई यातना दिएर मारीएको थियो । सोहि कारणले त्यस रेल्वे स्टेशनमा उनीहरुको आत्मा घुमेको मानिन्छ । र त्यहा जान साँझमा प्राय कसैले आँट गर्दैनन् ।

महाराष्ट्रको राजधानी मुम्बईस्थित मुलुण्ड रेल्वे स्टेशनमा रातको समय चिच्याएको कराएको सुनिने त्यहा जाने यात्रुहरुको दाबा छ । साथै अबेर राती रोएको सुनिने उनिहरुको दाबा छ । मान्यता अनुसार त्यो आवाज रेल पटरीमा दुर्घटनामा परि मृत्यु हुनेहरुको हो ।

आन्ध्र प्रदेशको चित्तूर जिल्लामा स्थित चित्तूर रेल्वे स्टेशन मानिन्छ । स्टेशन आसपासमा बस्नेहरुका अनुसार सीआरपीएफका जवान हरी सिंह ट्रेनबाट उत्रिएको बेला आरपीएफ र टीटीई मिलेर उनलाई कुटेर मारेका थिए । त्यहि दिनबाट हरी सिंहको आत्मा न्यायकालागि त्यस रेल्वे स्टेशनमा घुम्छ । र मानिस डराउँछन् ।

हिमाञ्चल प्रदेशको सोलन जिल्लामा स्थित बडोग रेल्वे स्टेशन पनि डरलाग्दो स्टेशनका रुपमा चर्चित छ । कालका–शिमला रेल रूटमा पर्ने सानो रेल्वे स्टेशन बाहिर जति सुन्दर देखिन्छ त्यति नै डरलाग्दो पनि छ । यस स्टेशनको नजिकै रहेको बडोग सुरुङमा निर्माणकर्ता एक ब्रिटिश इञ्जीनियर कर्नल बडोगले आत्महत्या गरेका थिए । स्थानीयको मान्यता अनुसार अहिले त्यस स्टेशनमा उनको आत्मा घुम्दछ ।

पश्चिम बंगालको पुरुलिया जिल्लामास्थित बेगुनकोदर रेल्वे स्टेशनमा सेतो साडी लगाएको महिला हिन्ने भयका कारण मानिस अबेर साँझसम्म बस्दैनन् । स्टेशनमा देखिएको घटनाक्रमपछि यसलाई ४२ बर्ष बन्द गरीएको थियो तर सन् २००९ मा यसलाई खोलिएको थियो । तथापी यि सबै स्टेशनको भ्रमको कुनै प्रमाण भने अझै जुटेको छैन ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५० बजे

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा