जापानको अग्रता कायमै, चीन दोस्रो र अमेरिका तेस्रो | Khabarhub Khabarhub

जापानको अग्रता कायमै, चीन दोस्रो र अमेरिका तेस्रो


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकको बुधबारको खेल सकिँदा आयोजक जापानले अग्रता लिएको छ । जिम्न्यास्टिकको पदक स्वर्ण जितेर जापानले १३ स्वर्णसहित अग्रता लिएको हो । चीनको १२ र अमेरिकाको ११ स्वर्ण पदक छ ।

बिहान टुङ्गो लागेको ११ मध्ये अस्ट्रेलियाले तीन स्वर्ण जितेको थियो । रोइङको महिला डबल्स स्कल्समा रुमानियाले स्वर्ण, न्युजिल्यान्डले रजत र नेदरल्यान्ड्सले कांस्य पदक पाए । यसैगरी, पुरुषको स्पर्धामा फ्रान्सले स्वर्ण, नेदरल्यान्ड्सले रजत तथा चीनले कांस्य पदक जिते ।

फोर फाइनलको महिलामा अस्ट्रेलियाले स्वर्ण, नेदरल्यान्ड्सले रजत र आयरल्यान्डले कास्य पदक जिते । यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रुमानियाले रजत र इटालीले कांस्य पदक जिते ।

यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रुमानियाले रजत र इटालीले कास्य पदक जिते ।

क्वार्डल्सको पुरुषमा नेदरल्यान्ड्सले स्वर्ण, बेलायतले रजत र अस्ट्रेलियाले कास्य पदक जिते । यसैको महिला स्पर्धामा चीनले स्वर्ण, पोल्यान्डले रजत र अस्ट्रेलियाले कास्य पदक जिते ।

चीनको यो स्वर्ण नै अंक तालिकामा अग्रता कायम राख्न सबैभन्दा सहयोगी भयो । बुधवार चीनले जितेका अन्य दुई स्वर्ण उसको बलियो पकड रहेको खेलमा थिए ।

पौडीको महिला २०० मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एरियन टिटमसले स्वर्ण पदक जितिन् । हङकङकी सिमानो आउजीले रजत र क्यानडाकी पेनी ओलस्काले कास्य पदक जिते ।

पुरुष २०० मिटर बटरफ्लाइमा हङ्गेरीका क्रिस्टोफर मिलाकले स्वर्ण, जापानका टोमारु हन्डाले रजत र इटालीका फेबड्रको बार्डुसिइलोले कांस्य पदक जिते ।

महिला २०० मिटर मेड्लीमा जापानकी याही युहासीले स्वर्ण, अमेरिकाकी एलेक्स वाल्सले रजत र अमेरिकाकै क्याटी डगलसले कांस्य पदक जिते । याहुसीले ४ सय मिटरमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

महिला १५०० मिटर फ्रिस्टाइलमा अमेरिकाकी केटी लेडकीले स्वर्ण पदक जितिन् । यसैगरी, अमेरिकाकै एरिका सुलेभानले रजत र जर्मनीकी सारहना कोहलरले कास्य पदक जिते ।

पुरुष ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा बेलायतले स्वर्ण पदक जितेको छ । यसैगरी रुस ओलम्पिक कमिटीले रजत रअस्ट्रेलियाले कास्य पदक जिते ।

पुरुषको जिम्न्यास्टिकको अलराउन्डमा डाइकी होसीमोतोले स्वर्ण, चीनका झाओ रोयटेटिङले रजत र रुस ओलम्पिक कमिटीका निकिता नागरोनीले कास्य पदक जिते ।

साइक्लिङको महिला टाइम ट्रायलमा भान भुलेटान अनामेकले स्वर्ण, स्विट्जरल्यान्डका मार्लेन रुसायरले रजत र नेदरल्यान्ड्सका भान डेर ब्रेगनले कास्य पदक पाए । यसैगरी पुरुष स्पर्धामा स्लोभानियाका रौगलिक प्रिमोजले स्वर्ण, नेदरल्यान्ड्सका टम डमलनले रजत र अस्ट्रेलियाका डेनिस रोहनले कास्य पदक जिते ।

जुडोको महिला ७० किलो तौल समूहमा जापानका चिजारु अराइले स्वर्ण र अस्ट्रियाकी मिचेला पोलर्सले रजत पदक जिते । रुसी ओलम्पिक कमिटीकी टाटियामोजा माडोभा र नेदरल्यान्ड्सकी भान डिन्केले कास्य पदक जिते ।

जुडोकै पुरुषको ९० किलोमा जर्जियाक लासा बेकुरीले स्वर्ण र जर्मनीका ट्रिपल एवार्डले रजत पदक जिते । हङ्गेरीका क्रिस्चियन टोथ र उज्बेकिस्तानका बोबोतोभ डालाभले कास्य पदक जिते ।

फेन्सिङको पुरुष टिम साब्रेमा दक्षिण कोरियाले स्वर्ण र इटालीले रजत पदक जिते । हङ्गेरीले कास्य पदक जित्यो । डाइभिङको पुरुष ३ मिटर स्प्रिङ बोर्डमा चीनले स्वर्ण, अमेरिकाले रजत र जर्मनीले कास्य पदक पाए ।
महिलाको थ्री बाइ थ्री बास्केटबलमा रुस ओलम्पिक कमिटीलाई फाइनलमा हराउँदै अमेरिकाले स्वर्ण पदक जित्यो । चीनले कास्य पदक जित्यो ।

इक्वेस्ट्रियनको ड्रसेज ग्रान्डप्रिक्स फ्रिस्टाइलमा जर्मनीकी जेसिका ब्रेडोले स्वर्ण, जर्मनीकै इसोबल वर्थले रजत र बेलायतकी डुजाराडिन चार्लोटले कास्य पदक जिते ।

भारोत्तोलनको ७३ किलो तौल समूहमा चीनका सी झियोङले स्वर्ण, भेनेजुएलाका जुलियो रुबोन मारियाले रजत र बुल्गेरियाका बोझिदर डिमीट्रोभले कास्य पदक जिते ।

सिमोन वाइल्सले अलराउन्ड स्पर्धाबाट पनि हात झिकेपछि अमेरिकालाई थप धक्का लागेको छ । एक दिनअघि भोल्टमा प्रतिस्पर्धा गरिरहेकी उनले हात झिकेकी हुन् । बाँकी रहेका तीन स्पर्धामा उनको सहभागिताबारे थप स्वास्थ्य परीक्षणपछि मात्र टुङ्गो लाग्ने जनाइएको छ ।

यस ओलम्पिकमा इतिहासमै पहिलो पटक चौपक्षीय प्रतिस्पर्धाको लक्षण देखापरेको छ । धेरै वटा ओलम्पिकमा पहिलो स्थानमा रहेको अमेरिका यो ओलम्पिकमा सङ्घर्ष गरिरहेको छ ।

यसैगरी, आफ्नै देशमा सन् २००८ मा आयोजित प्रतियोगितामा शीर्ष स्थान पाएको चीन २०१६ मा आइपुग्दा खराब अवस्थामा रहेको थियो । आयोजक जापानले भने इतिहासमै पहिलो पटक उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

गएको वर्ष भएको कोरोना महामारीको असर यस ओलम्पिकमा प्रस्ट देखिएको छ । महामारीको असर बढी सहने देशले यस खेल महोत्सवमा विगतको भन्दा कमजोर प्रदर्शन गरिरहेका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ३८ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको