वर्षेनी करणी तथा आत्महत्याका घटना बढेको तथ्यांक सार्वजनिक | Khabarhub Khabarhub

वर्षेनी करणी तथा आत्महत्याका घटना बढेको तथ्यांक सार्वजनिक


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल प्रहरीको तथ्यांकले वर्षेनी जबरजस्ती करणी तथा आत्महत्याका घटना बढेको देखाएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार गरेको कार्यक्रममा करणी, आत्महत्या जस्ता आपराधिक क्रियाकलाप वर्षेनी बढ्ने गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।

गत वर्ष भन्दा यो वर्ष मात्रै १४ प्रतिशतले आत्महत्याका घटना बढेको प्रहरीको तथ्यांकले देखाएको छ । यसरी विगत चार वर्षदेखि नै आत्महत्या गर्ने मानिसहरुको संख्या बढ्दै गएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा ५ हजार ३१७ जनाले आत्महत्या गरी ज्यान गुमाएका थिए भने आ.व २०७५/०७६ मा ५ हजार ७५४ जनाले आत्महत्या गरेकै कारण ज्यान गुमाएको प्रहरीको तथ्यांकले देखाएको छ । यो संख्या आ.व २०७४/०७५ को भन्दा ८.२१ प्रतिशतले धेरै हो ।

त्यस्तै आ.व. ०७६/०७७ मा ६ हजार २४१ जना र आ.व २०७७/०७८ मा ७ हजार ११७ जना मानिसहरुले विभिन्न कारण आत्महत्या गरी ज्यान गुमाएका छन् । यो संख्या आ.व ०७६/०७७ भन्दा १४ प्रतिशतले धरै हो । दैनिक औसत रुपमा १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरिक्षक बसन्तबहादुर कुँवरले बताए ।

कुँवरका अनुसार आ.व २०७७/०७८ मा आत्महत्या गरि ज्यान गुमाउने ७ हजार ११७ जना मध्ये ५ हजार ७२० जनाले झुन्डिएर आत्महत्या गरेका हनु भने विष सेवन गरेर १ हजार २७६ जना, हाम फालेर ४६ जना, पानीमा हाम फालेर डुबेर ३६ जना,आगो लगाएर १९ र हातहतियार प्रयोग गरेर १८ र करेन्ट लगाएर २ जनाले आत्महत्या गरि ज्यान गुमाएका हुन् ।

जबरजस्ती करणीका घटना पनि बढ्दै

बालबालिका तथा महिलाहरुमाथि हुने जवरजस्ती करणीका घटनाहरु पनि वर्षेनी बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २ हजार २३० वटा जवरजस्ती करणीका घटना घटेको छन् ।

प्रवक्ता कुँवरका अनुसार उक्त आ.व २०७६/०७७ मा घटेर २ हजार १४४ पुगेको थियो । पुनः उक्त घटना बढेर आ.व २०७७/०७८ मा २ हजार ५३४ पुगेको छ । यो संख्या आ.व २०७६/०७७ भन्दा १८ प्रतिशतले धेरै हो ।

जवरजस्ती करणीका घटना प्रायः नजिकका चिनेजानेका व्यक्तिहरुबाट हुने गरेको प्रवक्ता कुँवरले बताए । कुँवरका अनुसार जवरजस्तीका घटनाका सबै भन्दा धेरै चिनजानका र हाडनाता पर्नेबाट घट्ने गरेका छन् ।

आ.व २०७७/०७८ मा घटेका जवरजस्तीका कुल घटनाका पीडितमध्ये १० वर्ष भन्दा कम उमेर समूहका बालबालिका ११.९८ प्रतिशत, ११ देखिमाथि र १८ वर्ष भन्दा कम उमेर समहका किशोरीको संख्या ५३.२४ प्रतिशत र ६० वर्षदेखि माथिका १.४८ प्रतिशत रहेको प्रवक्ता कुँवरले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ७ : ०४ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त