संरक्षित वन्यजन्तु कछुवा बेच्दै गरेका तीन जना पक्राउ | Khabarhub Khabarhub

संरक्षित वन्यजन्तु कछुवा बेच्दै गरेका तीन जना पक्राउ


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संरक्षित वन्यजन्तु (कछुवा) बेच्न लागेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

कछुवा बेच्न लाग्दै गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट तीन जनालाई पक्राउ गरेको हो ।

सीआईबीका एसपी श्यामकुमार महतोका अनुसार पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका ३५ वर्षीय भुवन राई रहेका छन् ।

प्रहरीले उनीहरुका साथबाट जिउँदो कछुवा समेत बरामद गरेको छ। अहिले उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन बन कार्यालय हात्तीसारमा बुझाइएको एसपी महतोले बताए । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ५ : ५१ बजे

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा