विभिन्न बहानामा सामुदायिक विद्यालयले शुल्क असुलेको आरोप | Khabarhub Khabarhub

विभिन्न बहानामा सामुदायिक विद्यालयले शुल्क असुलेको आरोप


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो छ ।

जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा चर्को शुल्क लिएको स्थानीय अभिभावक रवीन्द्र महतोले बताए ।

प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफूहरुले काम गरिरहेको र उनकै निर्देशनमा विद्यार्थीहरुको भर्ना लिँदा विकास शीर्षकमा रकम लिदै लेखा शाखाका कर्मचारी रामविश्वास रायले बताए ।

पहिला शुल्क बुझाएको बिल दिन मिल्दैन भनी पन्छिन खोजे पनि पछि जिद्दी गरेर माग्दा भर्नाबापत लिएको शुल्क विकास शुल्कको शीर्षक उल्लेख गरेर बिल दिने गरेको अभिभावक महतोको भनाइ छ ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा भए पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना, परीक्षा, गयल , खेलकूद र विकास शुल्कका नाममा मात्र नभई अङ्ग्रेजी माध्यमको नाममा समेत रकम असुलिरहेका छन् ।

विद्यार्थीलाई भर्ना गराउँन लाग्दा लेखापाल रायले रु ५०० विद्यालयलाई बुझाउनुपर्ने नबुझाए भर्ना गर्न नमिल्ने बताएको मलङ्गवा नगरपालिका–६ खुटौनाका अभिभावक ललन राय यादवको गुनासो थियो ।

सरकारले कक्षा १ देखि १२ सम्मको अध्ययनलाई निःशुल्क गरेको छ । बच्चाको नाम लेखिदिनुप¥यो भनी आग्रह गर्दासमेत नमानेपछि बाध्य भएर रु ५०० बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिए पनि पछि विकास शुल्क शीर्षक उल्लेख गरेर रसिद दिएको उनले बताए ।

प्रअ राउतलाई गैरकानूनी रुपमा विद्यार्थीहरुसँग रकम नअसुल्न पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि अभिभावक तथा विद्यार्थीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।

कार्यालयले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयलाई यसबारे कारबाहीका अघि बढाउन पत्राचार गरेकाले उक्त प्रअ राउतको नाममा स्पष्टीकरण सोधिएको इकाइ प्रमुख रामआधारप्रसाद कुशवाहाले जानकारी दिए ।

सो पत्र लिएर तेस्रोपटकसम्म विद्यालयमा जाँदा प्रअ र लेखापालले बुझ्न अस्वीकार गरेकाले भएर हुलाकमार्फत पत्र पठाइएको थियो । त्यो पत्र पनि तर उनीहरूले नबुझी पुनः हुलाकमै पठाएको अभिभावकहरुको गुनासो रहेको इकाइ प्रमुख कुशवाहाले बताए ।

तालुक निकायबाट आएको पत्र नबुझेको र आफूखुशी मनोमानी गरेको देखिएकाले विद्यालयमा व्यापक भ्रष्टाचार भएको हुनसक्ने अभिभावकको आरोप थियो । विद्यालय सञ्चालनका लागि सरकारबाट वार्षिक रु ६ लाख प्राप्त हुने गरेकामा विभिन्न बहानामा विद्यार्थीहरुबाट वार्षिक करीब रु चार लाख असुल्दै उनीहरूको भनाइ थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १० : ५९ बजे

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास