लकडाउन अवधिमा निजी विद्यालयले लिएको शुल्क फिर्ता गर्न माग | Khabarhub Khabarhub

लकडाउन अवधिमा निजी विद्यालयले लिएको शुल्क फिर्ता गर्न माग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाँच विद्यार्थी संगठनहरूले लकडाउन अवधिमा निजी विद्यालयले विद्यार्थीबाट लिएको शुल्क फिर्ता गरिनु पर्ने माग गरेका छन् । उनीहरूले शुल्क फिर्ता नभए निजी विद्यालयविरुद्ध आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

सोमबार बसेको पाँच विद्यार्थी संगठनको बैठकले शुल्क फिर्ता नगरे निजी विद्यालय विरूद्ध आन्दोलनमा जाने निर्णय गरेको क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले बताए ।

यस्तै, विश्वविद्यालयमा देखिएका परीक्षा लगायत शैक्षिक समस्याहरुका बारेका छलफल गर्न ज्ञापनपत्रसहित उपकुलपतिसमक्ष संयुक्त प्रतिनिधिमण्डल जाने निर्णय भएको प्रवक्ता मैनालीले जानकारी दिए ।

शिक्षा मन्त्रीले आफ्नो पद र मर्यादालाई समेत ख्याल नगरी संविधान र कानूनलाई चुनौति दिनेखालका हर्कत गरेको ठहर गर्दै विद्यार्थी संगठनले दलित आन्दोलनप्रति ऐक्यबद्धता समेत जाहेर गरेको छ ।

विद्यार्थी संगठनहरुले विज्ञप्ति जारी गर्दै सबै विद्यार्थी र शिक्षकलगायतलाई शीघ्र कोरोना विरूद्धको खोपको व्यवस्था गरी शैक्षिक वातावरण तयार गर्न पनि माग गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्वयु (क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौँलगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले संसद विघटनविरुद्ध सामूहिक प्रदिवाद गर्ने निर्णय पनि गरेको मैनालीले जानकारी दिए ।

त्यस्तै संगठनले संसद विघटनविरुद्ध काठमाडौँलगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ३ : ४५ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको