नेपालमा ८९ कोरोना संक्रमित थपिए, ९५ डिस्चार्ज  | Khabarhub Khabarhub

नेपालमा ८९ कोरोना संक्रमित थपिए, ९५ डिस्चार्ज 


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ८३९ पुगेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप ९५ जना संक्रमित डिस्चार्ज भएका छन् ।

योसँगै हालसम्म नेपालमा २ लाख ७२ हजार ५३० जना कोरोना संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोनाका कारण कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३ हजार २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : ५२ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै