‘गो ग्रीन’ अभियानको शुरुवात « Khabarhub

‘गो ग्रीन’ अभियानको शुरुवात


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधान सेनापति पूर्णचन्द्र थापाले ‘प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन-२०७५’ अनुसार ‘गो ग्रीन’ अभियानको शुरुवात गरेका छन् ।

सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा बृहत् फलफूल वृक्षरोपण अभियान शुरु गर्दै प्रधानसेनापति थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने जोड दिएका हुन् ।

प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए ।

उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे उन्नति हासिल गर्न सकिने बताए ।

प्रधानसेनापति थापासहितको टोलीले बेंसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो ।

सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रको निरीक्षणसमेत गरेका थिए । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले आज १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख सेनानी जयराम थापाले जानकारी दिए ।

उनका अनुसार नेपाली सेनाले नौ सार्वजनिक स्थान र चार सामुदायिक स्थानमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेको हो । नेपाली सेनाले १३ दशमलव ५५ किमी वर्गकिलोमिटर क्षेत्रमा २० प्रकारका विभिन्न फलफूल तथा बहुउपयोगी बिरुवा रोपेकामा सार्वजनिकतर्फ दुई हजार २२५, सामुदायिकतर्फ १० हजार ४३० र नेपाली सेनातर्फ तीन हजार ९५ बिरुवा रहेका छन् ।

सेनालाई स्थानीयवासी, सामुदाायिक वनका उपभोक्ता र सर्वसाधारण नागरिकले पनि उत्साहजनकरुपमा वृक्षरोपण अभियानमा साथ दिएका थिए । नेपाली सेनाको सहयोगमा १५ हजार ७५० वटा फलफूल तथा बहुउपयोगी बिरुवा रोपिएको हो ।

यस नगरपालिका वडा नं २ मा सेनाको ब्यारेक र व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्र रहेकाले वडा नं २ लाई फलफूल जोनका रुपमा विकास गर्न वृक्षरोपण गरिएको प्रमुख सेनानी थापाले बताए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ११ : २४ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु