अमेरिका तथा यूरोपका विभिन्न मुलुक पठाउने भन्दै ९० लाख ७१ हजार ठगी  | Khabarhub Khabarhub

अमेरिका तथा यूरोपका विभिन्न मुलुक पठाउने भन्दै ९० लाख ७१ हजार ठगी 


१५ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– अमेरिका लगायत यूरोपका विभन्न मुलुकमा पठाइदिने प्रलोभन देखाएर ३३ जनासँग ९० लाख ७१ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कहिले युरोपको कुनै देश, कहिले क्यानडा त कहिले अमेरिका पठाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुसँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–३० शिसुवाका धिरजकुमार बिश्वकर्मालाई पक्राउ गरेको हो ।

युरोप, क्यानडा, अमेरिका लगायतका देशहरुमा आफूले धेरै मानिसहरु रोजगारको लागि पठाइसकेको भन्दै विश्वासमा दिलाएर उनले ९० लाख ७१ हजार रुपैयाँ असुलेको ३३ जनाले जाहेरी दिएका हुन् ।

उनलाई ठगी सम्बन्धि कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार  ८ : २९ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त